काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले विभिन्न कम्पनीहरूसँग सम्झौता गरेको छ । आफ्ना ग्राहकहरूलाई आकर्षक सुविधा तथा छुट दिने उद्देश्यले बैंकले रामदा एनकोर काठमाडौं, होलिडे इन रिसोर्ट काठमाडौ तथा हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्ससँग सो सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्ताहरूले रामदा एनकोर काठमाडौँमा खाना, पेय पदार्थ तथा आवास सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यसैगरी नेपाल एसबिआई बैंक लिमिटेड र होलिडे इन रिसोर्ट काठमाडौँबि पनि बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
साथै, बैंकले हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्ससँग समेत दन्त उपचार सेवामा बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाइ २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेकोे छ ।
उक्त सम्झौतापत्रहरू बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख सञ्चालन अधिकृत विकास आनन्द तथा रामदा इनकोर काठमाडौँकी निर्देशक, (बिक्री) सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडाँैका निर्देशक, (बिक्री) बिख्यात बिक्रम राणा, र हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्सका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्टका बीच आदानप्रदान भएको थियो। उक्त कार्यक्रमहरूमा बैंकका प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रबिन मुनि बज्राचार्य र होटल तथा हस्पिटलका अन्य वरिष्ठ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।