एनआईसी एशिया बैंकका ग्राहकहरूलाई कैलाली हस्पिटलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई कैलाली हस्पिटलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

बिहिवार, भदौ ५ २०८२
बिहिवार, भदौ ५ २०८२
  • एनआईसी एशिया बैंकका ग्राहकहरूलाई कैलाली हस्पिटलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

    काठमाडौँ / एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । 

    images
    images

    यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।  

    यस बैंकका ग्राहकहरूले Consultant OPD/Emergency OPD, General Bed per Day (Hospital Admit), Cabin Per Day (Hospital Admit), ICU Bed Per Day, NICU Bed Per Day, Post-Operative Room Per Day, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Surgery, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, Endoscopy, Medicine जस्ता सेवाहरूमा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ । 

    यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । 
    उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय