काठमाडौं/ नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरु मोरङ जिल्ला बिराटनगर वडा नं. १० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबाट करिब ५० प्रतिशतसम्म छुट पाउने छन् ।
सम्झौता अनुसार अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको हो ।
बैंकका कर्मचारीहरु र ग्राहकवर्गलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरुको बिल रकममा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यहि भदौ ०२ गते भएको उक्त सम्झौताको पत्रमा बैंककोतर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको तर्फबाट अस्पतालका निर्देशक राजेश भट्टराइले हस्ताक्षर गरेका थिए ।