लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी LAXPERIENCE २०२५ आयोजना हुने, विशेष अफर र छुट

लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी LAXPERIENCE २०२५ आयोजना हुने, विशेष अफर र छुट

बिहिवार, भदौ ५ २०८२
बिहिवार, भदौ ५ २०८२
  • लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी LAXPERIENCE २०२५ आयोजना हुने, विशेष अफर र छुट

    नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले साउन ७ र ८ गते (शनिबार र आइतबार) बिहान ११ बजेदेखि बेलुकी ६स्०० बजेसम्म काठमाडौँको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी “LAXPERIENCE२०२५” आयोजना गर्ने भएको छ।

    images
    images

    प्रदर्शनीलाई हुन्डाई, बिएमडब्ल्यू, केई र फोर्थिङ जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउन छन् । नेपालकै अटो इभेन्टमा पहिलोपटक बिएमडब्ल्यूको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्नेछ।

    आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ। यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ।

    कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन् । 

    साथै, नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउनेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय