आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • images
    images
    आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह
    images
    images

    काठमाडौँ / नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरूमार्फत स्वदेशी वस्तुहरूको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । 

    नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्र मन्त्री एन.पी. साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरूको प्रबद्र्धन गर्न, पर्यटन प्रबद्र्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो । 

    अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यवसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए । 
    यसका लागि नेपाली दूतावासहरूले व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । 

    परिसंघले भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा संचालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भइकल एग्रीमेन्ट गरी नेपाली मालबाहक एवं अन्य सवारी साधनहरूको आवतजावतलाई सहज बनाइनुपर्नेमा जोड दिएको छ । 

    मन्त्री साउदले परिसंघले उठाएका विषयहरूलाई उच्च प्राथमिकतामा राख्ने बताए । छलफलमा परिसंघका उपाध्यक्षहरू विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com