महालक्ष्मी विकास बैङ्कको परिष्कृत अनलाइन सेवा सञ्चालन, अब सजिलै यी सेवाहरू लिन सकिने

महालक्ष्मी विकास बैङ्कको परिष्कृत अनलाइन सेवा सञ्चालन, अब सजिलै यी सेवाहरू लिन सकिने

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • images
    images
    महालक्ष्मी विकास बैङ्कको परिष्कृत अनलाइन सेवा सञ्चालन, अब सजिलै यी सेवाहरू लिन सकिने
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्कद्वारा सञ्चालित अनलाइन सेवाहरूलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ । ग्राहकहरूको डिजिटल बैङ्किङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैङ्कले अनलाइन सेवालाई परिष्कृत गरेर पुनः सञ्चालनमा ल्याएको हो । 

    यससँगै अब ग्राहकहरूले अनलाइनमार्फत सहजै रूपमा अकाउन्ट ओपनिङ, केवाइसी अपडेट, न्यू डेबिट कार्ड, मोवाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, न्यू लकर एण्ड मर्चेन्ट (क्यूआर) रिक्वेस्ट एण्ड डिस्पुट क्लेम जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । 

    बैङ्कको आधिकारिक वेवसाइट www.mahalaxmibank.com र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरूले उक्त सेवाहरू लिन सक्नेछन् । डिजिटल बैङ्किङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरूलाई प्रभावकारी बनाउने उद्देश्यले बैङ्कले उक्त अनलाइन सेवालाई संशोधन गरेको हो ।

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले सरल र सहजताका साथ वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैङ्कले आगामी दिनहरूमा पनि डिजिटल बैङ्किङ्गका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ ।

    विगतदेखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको सो बैङ्कले आम ग्राहकहरूको बैङ्किङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com