एक सयभन्दा बढी ठाउँमा भएको घरजग्गा बेच्दै एनआइसी एशिया बैंक

एक सयभन्दा बढी ठाउँमा भएको घरजग्गा बेच्दै एनआइसी एशिया बैंक

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • images
    images
    एक सयभन्दा बढी ठाउँमा भएको घरजग्गा बेच्दै एनआइसी एशिया बैंक
    images
    images

    काठमाडौँ / एनआइसी एशिया बैंक लिमिटेडले मुलुकको विभिन्न स्थानमा रहेका एक सय ३ कित्ताभन्दा धेरै घरजग्गा बिक्री गर्ने भएको छ । 

    बैंकले लिलाम सकारेर पनि बिक्री हुन नसकिरहेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको पुनः बिक्री गर्न लागेको हो।

    बैंकले कपिलवस्तु, गुल्मी, रौतहट, मकवानपुर, काठमाडौँलगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो। 

    कर्जा भुक्तानी गर्न नसक्ने ग्राहकको धितोमा रहेको सम्पत्ति लिलामी लागेर पनि बिक्री नहुँदा बैंकहरूले सकार्न पाउँछन्। पछि यस्तो सम्पत्ति पुनः बिक्रीमा राख्न सक्छन् र बिक्रीपछि हुने आम्दानी वित्तीय विवरणमा देखाउन सक्छन्।  

    बैंकले उक्त सम्पत्ति (घरजग्गा) बिक्रीका लागि ७ दिनभित्र शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले उक्त गैरबैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बिक्री गरिने बताएको छ ।

    उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले ७ दिनभित्र गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले निष्काशन गरेको सूचनामा उल्लेख छ ।

    गत आर्थिक वर्ष २०७९र८० को असारमा बैंकको खराब कर्जा मात्रै ०.८३ प्रतिशत थियो। गैर बैंकिङको रुपमा रहेको यी सम्पत्ति सकारेपछि खराब कर्जाको दर घटेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com