एक बर्षमा ६० हजारबढीले लिए सहुलियत कृषि कर्जा, १ अर्ब ५० करोड पुनर्कर्जा प्रवाह

एक बर्षमा ६० हजारबढीले लिए सहुलियत कृषि कर्जा, १ अर्ब ५० करोड पुनर्कर्जा प्रवाह

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • images
    images
    एक बर्षमा ६० हजारबढीले लिए सहुलियत कृषि कर्जा, १ अर्ब ५० करोड पुनर्कर्जा प्रवाह
    images
    images

    काठमाडौँ / गत आर्थिक बर्ष २०७९/८० मा बैङ्क तथा वित्तीय संस्थाबाट ६० हजारभन्दा ऋणीले कृषि तथा पशुपंक्षी कर्जा लिएका छन् । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार सरकारले उपलब्ध गराएको ब्याज अनुदानमा बैङ्क तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियत कर्जा अन्तर्गत एक बर्षमा ६० हजार ३५० ऋणीले कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा लिएका हुन् । 

    त्यस्तै, महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ७१८ महिला उद्यमीलाई ५८ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । केन्द्रीय बैङ्कको तथ्याङ्क अनुसार सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७१० ऋणीको २ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको देखिन्छ । 

    बैङ्क तथा वित्तीय संस्थामार्फत सरकारले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा असार मसान्तमा १ अर्ब ५० करोड लगानीमा रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । 

    यस्तो कर्जा गत असार मसान्तमा कुल १ लाख ४५ हजार ७७८ ऋणीलाई प्रवाह भएको १ खर्ब ९७ अर्ब ६ करोड रुपैयाँ बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ । 

    ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा असार मसान्तमा ७० करोड ९४ लाख बक्यौता रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com