काठमाडौँ / माबिलुङ्ग इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा उक्त कम्पनीको आइपिओ बाँडफाँट गरिएको हो ।
माबिलुङ्ग इनर्जीले गत साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्काशन गरेको थियो। सो कम्पनीको सेयरमा २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरको लागि आवेदन दिएका थिए।
आवेदनमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएको थियो भने ८ हजार २८९ आवेदन रद्द भएका थिए। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको थियो।
यसरी १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन्। बाँकी ४ कित्ता सेयर ४ लगानीकर्तामा ११ कित्ताका दरले बाँडफाँट गरिएको छ।