कामना सेवा विकास बैंक र लेमन ट्रि प्रिमियरबिच छुट सम्बन्धी सम्झौता

कामना सेवा विकास बैंक र लेमन ट्रि प्रिमियरबिच छुट सम्बन्धी सम्झौता

बिहिवार, भदौ ५ २०८२
बिहिवार, भदौ ५ २०८२
  • कामना सेवा विकास बैंक र लेमन ट्रि प्रिमियरबिच छुट सम्बन्धी सम्झौता

    कामना सेवा विकास बैंकले काठमाडौँ, बुढानिलकण्ठ स्थित लेमन ट्रि प्रिमियरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    images
    images

    बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौँ क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय