काठमाडौँ / टाटा मोटर्सले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्ना नवीनतम विद्युतीय सवारीसाधन (इभि) मोडलहरू सार्वजनिक गर्दै ग्राहकलाई आकर्षक अफरहरू उपलब्ध गराएको छ।
सिप्रदी ट्रेडिङ प्रालिसँगको साझेदारीमा टाटाले टियागो इभिको नयाँ Arizona Blue रंग पहिलोपटक नेपाली बजारमा प्रस्तुत गरेको हो।
साथै, यस वर्षको अटो शोमा कर्भ इभि, नेक्सन के थ्री इभि, पञ्च इभि र टियागो इभि जस्ता प्रमुख मोडलहरू प्रदर्शनीमा राखिएका छन्। कम्पनीका अनुसार यी मोडलहरू बोल्ड डिजाइन, आकर्षक लुक्स र भविष्यमैत्री प्रविधिको संयोजनमा आधारित छन्।
ग्राहकलाई थप सुविधा दिन टाटाले विशेष अफरहरू पनि सार्वजनिक गरेको छ। जसअन्तर्गत, सिप्रदीको चार्जिङ नेटवर्कमा आजिवन निःशुल्क डिसी फास्ट चार्जिङ, आकर्षक छुट र बेस्ट एक्सचेञ्ज भ्यालुएसन, तीन वर्षसम्म निःशुल्क सर्भिस, निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क एशोसेरिज र एक वर्षको भेहिकल ट्याक्स, घरमै निःशुल्क चार्जिङ स्टेशन स्टलेसन तथा निःशुल्क इम्बोस्ड नम्बर प्लेट उपलब्ध गराइनेछ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोविलिटी लिमिटेडका इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार प्रस्तुत गरिएको इभि पोर्टफोलियोले नेपालमा मोबिलिटीलाई अझ दिगो र आधुनिक बनाउन मद्दत गर्नेछ।
त्यस्तै, सिप्रदी ट्रेडिङका सिइओ राजन बाबु श्रेष्ठले यो प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्तिलाई तीव्र पार्ने महत्त्वपूर्ण मञ्चका रूपमा व्याख्या गरेका छन्।
विद्युतीय मोडलहरूका अतिरिक्त टाटाले अटो शोमा नयाँ सफारी पनि सार्वजनिक गरेको छ। यसमा एडिएस, मेमोरी सिट, ड्युल–जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू समावेश गरिएका छन्। कम्पनीका अनुसार, यो मोडलको मूल्य रु. १२,१९९,००० बाट सुरु हुनेछ।
नाडा अटो शो २०२५ भदौ ३ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ। टाटा मोटर्स र सिप्रदी ट्रेडिङले सम्पूर्ण अटोप्रेमीलाई आफ्ना नयाँ मोडलहरू नजिकैबाट अवलोकन गर्न आमन्त्रण गरेका छन्।