यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णयहरू

बुधवार, भदौ ४ २०८२
बुधवार, भदौ ४ २०८२
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णयहरू

    काठमाडौँ / सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । बुधबार सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त निर्णयहरू सार्वजनिक गरेका हुन् । जसमा मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णयहरू सार्वजनिक भएका छन् ।

    images
    images

    यस्ता छन् मन्त्रिपरिषद्  बैठकका निर्णयहरू

    १. २०८२ भदौ ३० देखि ३१ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने esilient Supply Chains and Equitable Growth in a Changing World of Work कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. प्रकाश कुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    २. २०८२ असोज ७ देखि ९ गतेसम्म इण्डोनेसियामा आयोजना हुने Anti Corruption मन्त्रिपरिषद्को Initiative for Asia and the Pacific –२०२५ विषयक कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव श्री नारायणप्रसाद शर्मा दुवाडीलाई सहभागी हुन स्वीकृति दिने । 

    ३.  २०८२ कात्तिक १० देखि १४ गतेसम्म अरब गणतन्त्र इंजिप्टको शार्म अल शेखमा हुने सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठनको २५ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन माननीय महालेखापरीक्षक श्री तोयम राया नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।

    ४. कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन चौतिस अर्थ उनन्चास करोड (करिब तीस अर्ब आठ करोड़ रूपियाँ  सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने ।

    ५. (क) अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्य राष्ट्रहरूको  Fund Quota मा ५० प्रतिशतले वृद्धि गरिने प्रस्तावको पक्षमा सहमति प्रदान गर्ने ।

     (ख) कोटा वृद्धि गर्दा थप हुने करिव ७८.४५ मिलियन एसडिआरमध्ये सोको २५ प्रतिशत चालू आर्थिक वर्षको विनियोजित बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको नाममा प्रमिसरी नोट - अर्थपत्र जारी गरी भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने ।

    ६. लिज फाईनान्ससम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने ।

    ७. समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गर्ने । 

    ८. छानविन समितिको सिफारिसमा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष श्री शरद ओझाले खराब आचरण प्रदर्शन गरेको कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकोले निजलाई नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने ।

    ९. मानव अधिकार पुरस्कार कोष सञ्चालन (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने । 

    १०. प्रशासकीय अदालतको अध्यक्षमा डा. टेक बहादुर घिमिरे, संखुवासभा तथा सदस्यहरूमा अधिवक्ता श्री नवल किशोर यादव, वीरगन्ज र श्री आलोक चन्द्र श्रेष्ठ, बागलुङलाई नियुक्त गर्ने ।

    ११. २०८२ भदौ २३ देखि २७ गतेसम्म युगाण्डाको कम्पालामा आयोजना हुने Asian African Legal Consultative Organization (AALCO) को ६३ औँ Annual Session मा सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अजय कुमार चौरसियालाई स्वीकृति प्रदान गर्ने ।

    १२. खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग र खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सञ्चालन हुने विभिन्न आयोजनाहरूको लागि अधिकृतस्तरका जम्मा ७६ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

    १३. Committee on the Elimination of Discrimination against Women (CEDAW) का सदस्य श्री बन्दना राणालाई कूटनीतिक राहदानी जारी गर्ने ।

    १४. परराष्ट्र मन्त्रालय थाइल्याण्डको बैंककमा २०८२ भदौ १७ र १८ गते आयोजना हुने विश्व वित्तीय संरचनासम्बन्धी एसिया सहयोग संवादको उच्चस्तरीय सम्मेलन र २० औं मन्त्रीस्तरीय बैठकमा भाग लिन माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई स्वीकृति प्रदान गर्ने ।

    १५. नेपाली सेनातर्फ एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने, छ जना सहायक रथी र सात जना महासेनानीको सरूवा गर्ने, एकजना महासेनानीको सहायक रथीमा बढ़वा गर्ने ।

    १६. बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८२ तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने ।

    १७. २०८२ भदौ २५ देखि २८ गतेसम्म रसियाको Saint–Petersburg मा आयोजना हुने । Eleventh Saint Petersburg United Cultures Forumमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री हरिप्रसाद मैनालीलाई स्वीकृति प्रदान गर्ने ।

    १८. धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरी महरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।

    १९ आदिवासी जनजाति आयोगका माननीय सदस्य शरण राईलाई आदिवासी जनजाति महासंघ हङकङले मिति २०८२ भदौ २२ गते हङकङमा आयोजना गर्ने ३१ औं विश्व प्रशासन मन्त्रालय आदिवासी दिवस कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    २०. २०८२ भदौ ३१ देखि असोज ७ गतेसम्म संयुक्त राज्य अमेरिकाको ब्रूमफिल्ड सहरसँग तथा सामान्य । भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रशासन मन्त्रालय । प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने।.

    २१. मालपोत (आठौं संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने ।

    २२ . स्ट्याण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज (दोस्रो संशोधन) नियमावली, २०६२ स्वीकृत गर्ने ।

    २३ .राष्ट्रिय युवा नीति, २०६२ स्वीकृत गर्ने ।

    २४. नेपाल सरकार र दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालबिच हस्ताक्षर हुने  Headquarter Agreement Between Government of Nepal and South Asia Wildlife Enforcement Network २०२५ स्वीकृत गर्ने ।

    २५.  मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय