काठमाडौँ / नेपालमा विद्युतीय सवारीसाधनलाई नयाँ स्तरमा पुर्याउने उद्देश्यका साथ सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको आधिकारिक वितरक) ले यस वर्षको NADA Auto Show 2025 मा आफ्ना प्रमुख Xpres-T EV फ्लिट पार्टनरहरूलाई सम्मानित गरेको छ।
कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई विशेष सम्मान प्रदान गरिएको हो। उनीहरूले यात्रु सेवामा विद्युतीय ट्याक्सीलाई लोकप्रिय बनाउन देखाएको निरन्तर योगदान, मेहनत र प्रतिबद्धतालाई कदर गर्दै यो सम्मान गरिएको सिप्रदीले जनाएको छ।
Xpres-T EV विशेषतया यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय सवारी हो, जसको सञ्चालन खर्च कम हुने, स्वरोजगारी प्रवर्द्धनमा टेवा पुग्ने तथा विदेशी इन्धनमा निर्भरता घटाउने विशेषता रहेको छ। यसलाई अहिलेको आवश्यकता अनुसार उपयुक्त विकल्पका रूपमा हेरिएको छ।
NADA Auto Show 2025 भदौ ३ गतेदेखि ८ गते (August 19–24, 2025) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। सो अवधिमा टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र विशेष अफरहरूको लाभ लिन सिप्रदी ट्रेडिङले सम्पूर्ण अटोप्रेमीलाई हार्दिक आमन्त्रण गरेको छ।