images
Logo
images

एनएमबि बैंकको नयाँ अटो लोन योजना : अब ७ः१३ प्रतिशत ब्याजदरमै व्यक्तिगत सवारी साधन किन्न पाइने

एनएमबि बैंकको नयाँ अटो लोन योजना : अब ७ः१३ प्रतिशत ब्याजदरमै व्यक्तिगत सवारी साधन किन्न पाइने

मंगलवार, भदौ ३ २०८२
मंगलवार, भदौ ३ २०८२
  • एनएमबि बैंकको नयाँ अटो लोन योजना : अब ७ः१३ प्रतिशत ब्याजदरमै व्यक्तिगत सवारी साधन किन्न पाइने

    काठमाडौँ / एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि साधन किन्न सक्नेछन् ।

    images
    images

    बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको छ। इलेक्ट्रिक सवारी साधन किन्न चाहनु भएका ग्राहकहरुका लागि, एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुनेछ ।

    एनएमबि बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ। बैंकको यो प्रयास दिगो विकासमा टेवा पुऱ्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरू उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो।

    यस अफरबारे थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नं E-24 मा बैंकको तर्फवाट उपस्थित हुने प्रतिनिधि मार्फत लिन सकिनेछ।

    एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय