काठमाडौँ / साताको दोस्रो कारोबार दिन आज (मङ्गलबार) पनि नेप्से परिसूचक ६.५१ अङ्कले बढेर २७७६.९० बिन्दुमा पुगेर रोकिएको छ । सोमबार पनि नेप्से परिसूचक ९.१६ अङ्कले बढेर २७७०.३९ बिन्दुमा पुगेर रोकिएको थियो ।
यसदिन कुल ३१६ स्टकको ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर कारोबार भएको छ ।
यसअघि सोमबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स १.७३ अङ्कले बढेको छ । फ्लोट इण्डेक्स ०.४० अङ्कले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.४९ अङ्कले बढेको छ ।
यस दिन सान्भी इनर्जी लिमिटेडको सेयर मूल्य ४७.४९ रुपैयाँले बढेर ७२७.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
पियोर इनर्जी हाइड्रो पावरको सेयर मूल्य प्रतिकित्ता ५३.१० रुपैयाँले बढेर ९२५.६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । इस्र्टन हाइड्रो पावरको सेयर मूल्य प्रतिकित्ता २६.९० रुपैयाँले बढेर ६१४.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, सिटी होटल लिमिटेडको सेयर मूल्य २०.८७ रुपैयाँले बडेर ६०३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन नारायणी विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेर १४५९.२५ रुपैयाँमा कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रो पावरको सेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रतिकित्ता ५८१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस दिन युनाइटेड मोदी हाइड्रो पावर, हिमालयन डिस्टिलरी लिमिटेड, राधी जलविद्युत कम्पनी र बुटवल पावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।