images
Logo
images

नेपाल–चीन व्यापार सहजताका लागि उत्तरी क्षेत्रका नाका खोल्न संघको माग

नेपाल–चीन व्यापार सहजताका लागि उत्तरी क्षेत्रका नाका खोल्न संघको माग

मंगलवार, भदौ ३ २०८२
मंगलवार, भदौ ३ २०८२
  • नेपाल–चीन व्यापार सहजताका लागि उत्तरी क्षेत्रका नाका खोल्न संघको माग

    काठमाडौँ / नेपाल समुद्रपार निकासी पैठारी संघले बाढीपहिरोका कारण वर्षेनि बन्द हुने रसुवागढी र तातोपानी नाकासँगै अन्य उत्तर नाकाहरू खोल्न सरकारसँग माग गरेको छ। 

    images
    images

    संघले चीनसँगको स्थलमार्ग व्यापारलाई सहज बनाउन कूटनीतिक पहल र पूर्वाधार विकासमा जोड दिन आग्रह गरेको हो। गत असार २४ गते राति आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट आवागमन ठप्प भएको छ। 

    त्यस्तै, सिन्धुपाल्चोकको तातोपानी नाका पनि दुई सातादेखि बन्द छ । यस कारण नेपालतर्फ आयात भएका सयौं कन्टेनर र ट्रक अलपत्र परेका छन् भने व्यवसायीले बढी खर्च बोक्न बाध्य भएका छन्।

    व्यवस्थापिका संसदको विकास समितिले २०७२ सालमा उत्तरी नाकाहरुको अध्ययन गर्दै कोरला र ओलाङ्चुङगोला नाका सञ्चालन गर्न सकिने सुझाव दिएको थियो ।

    नेपाल र चीनबीच उच्च तहको छलफलले सात उत्तरी नाका खोल्ने सहमति भएको भए पनि हाल रसुवागढी र तातोपानी बाहेक अन्य नाका व्यापारिक प्रयोजनका लागि खुलेका छैनन् । कोरला नाका १२ महिना सञ्चालन गर्न सकिने अवस्थामा छ भने चीनतर्फ पूर्वाधार तयार छ ।

    ताप्लेजुङको ओलाङ्चुङगोला नाकाबाट पनि व्यापार गर्न सकिने अध्ययनले देखाएको छ । संघले ती नाकाहरू छिटो सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

    नेपालका लागि चीन दोस्रो ठूलो व्यापार साझेदार हो। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा तातोपानीबाट ५० अर्ब रुपैयाँभन्दा बढी र रसुवागढीबाट ८५ अर्ब रुपैयाँभन्दा बढी सामान आयात भएको छ । संघले व्यापारिक र उपभोक्ताका हितमा उत्तर नाकाहरु छिटो खोल्न सरकारसँग आग्रह गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय