दार्चुला पावरले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

दार्चुला पावरले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

आइतवार, भदौ १ २०८२
आइतवार, भदौ १ २०८२
  • दार्चुला पावरले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

    काठमाडौँ / दार्चुला पावर लिमिटेडले सर्वसाधारणहरूका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अङ्कित दरको ३० लाख कित्ता आइपिओ जारी गर्ने भएको हो । 

    images
    images

    आइपिओ निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

    सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडको तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    दार्चुला पावर लिमिटेडको स्थापना जलविद्युत आयोजना विकास तथा सञ्चालनको लागि गरिएको कम्पनी हो, जसको प्रमुख उद्देश्य राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन गरी आपूर्ति गर्नु हो । 

    कम्पनीले हाल २८.३०४ मेगावाट को मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना चमेलिया खोलामा आधारित रन–अफ–रिभर प्रकारको आयोजना हो, जुन दार्चुला जिल्लाको मार्मा गाउँपालिका, सुदूरपश्चिम प्रदेश, नेपालको सुदुरपश्चिमी क्षेत्रमा अवस्थित छ । 

    उक्त आयोजनाको निर्माण कार्यहरू द्रुत गतिमा अगाडि बढेको छ भने आगामी डेढ बर्षमा निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य कम्पनीको रहेको जानकारी गराएको छ ।

    यस कम्पनीको प्रमुख प्रवर्द्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो, जुन नेपालको विद्युत क्षेत्रमा अग्रणी कम्पनी हो र यस कम्पनीको मुख्य कारोबार राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन तथा आपूर्ति गर्नु हो । 

    दार्चुला पावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडको प्रमुख सेयर स्वामित्व रहने गरी लगानी गरेको छ र प्रवर्द्धकको रूपमा परियोजनाको विकासको लागि आवश्यक स्वपूँजी लगानी गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय