भदौमा पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

भदौमा पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

कृषि विकास बैंक, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंकले व्याजदर घटाएका छन् ।

आइतवार, भदौ १ २०८२
आइतवार, भदौ १ २०८२
  • भदौमा पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

    काठमाडौँ / भदौ महिनामा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् औसत ब्याजदर घटाएका छन् । साउनको तुलनामा बैंकहरूको व्याजदर ०.११ प्रतिशत विन्दुले घट्दै भदौमा यो दर ५.५७ प्रतिशतमा झरेको छ ।

    images
    images

    २० वटा वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने ११ बैंकले स्थिर राखेका छन् । प्रभु बैंकले मात्र ब्याजदर बढाएको छ । कृषि विकास बैंक, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंकले व्याजदर घटाएका छन् ।

    राष्ट्र बैंकको नीतिगत दर ४.५ प्रतिशत कायम छ, जसको प्रभाव स्वरूप साउनदेखि ब्याजदर घट्दै आएको हो । असार महिनामा उच्च पूँजीगत खर्चका कारण निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह सुस्त रहेकाले बैंकहरूले भदौमा पनि ब्याजदर घटाएका हुन् ।

    व्याजदरमा सबैभन्दा ठूलो कटौती स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको बैंकले साउन महिनामा व्यक्तिगत मुद्दतिमा ६.२६ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा ५.१३ प्रतिशतमा झारेको छ । प्रभुले भने साउनमा ४.२५ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा १.१ प्रतिशत बढाएर ५.३५ प्रतिशत पुर्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय