साप्ताहिक राशिफल : आज आइबारदेखि साउन ३१ गते शनिबारसम्मको तपाईँको समय कस्तो रहला ?

साप्ताहिक राशिफल : आज आइबारदेखि साउन ३१ गते शनिबारसम्मको तपाईँको समय कस्तो रहला ?

आइतवार, साउन २५ २०८२
आइतवार, साउन २५ २०८२
  • साप्ताहिक राशिफल : आज आइबारदेखि साउन ३१ गते शनिबारसम्मको तपाईँको समय कस्तो रहला ?

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ । उत्पादनमूलक क्षेत्र, सेयरबजार तथा व्यापारमा लगानी गरी प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रसन्न हुनेछ । साताको अन्त अर्थात बिहीबार मध्यान्हबाट काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् ।

    images
    images

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    साताको समय राम्रो रहेकोले प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यतित हुनेछ । व्यापार तथा उत्पादनमुलक उद्योगमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारी साधन तथा अन्य भौतिक सम्पतीहरू लाभ हुनेछ । इच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
    सोमबारसम्मको समय मध्यम रहेकोले अनावश्यक विषयमा बिवादमा फस्ने योग रहेको छ । ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घट्ना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आई दैनि कामहरू प्रभावित हुने हुनाले आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ । मंगलबारबाट प्रशासनिक क्षेत्रमा तपाईंको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगती हुने योग रहेकोछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवल सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रुपमा सबल हुने ग्रह योग रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउमा नयाँ नियूक्ती तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । बित्तिय क्षेत्र तथा सेयरबजारबाट नाँफा कमाउन सकिनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले समयमा काम नबन्नाले दुःख पाईनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदि बहिनीसँग मनमुटाब बढ्ने तथा टाडिने समय रहेकोछ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    शुभ मांगलिक कार्य वा विवाह व्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमिल जोडीहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नतिको योग रहेकोछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । वित्तीय क्षेत्र, व्यापार वा सेयर बजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । बिहीबार मध्यान्हबाट सोख तथा बिलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलस्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।

    कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
    साताको समय राम्रो रहेकोले मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेकोछ । विलाशी सामानको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचनासहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुशी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउदै अघि बढ्न सकिनेछ । अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    सोमबारसम्मको समय मध्यम रहेकोले कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हावी हुनेछन् । मंगलबारबाट उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पतीहरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानि गर्दा प्रसस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    साताको सुरु र अन्तको समय राम्रो रहेकोले छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक बिषयमा मन जानेछ । आम्दानी बढाउन सेयरबजार वा व्यापारमा लगानी गरी मजबुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित बिषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय मध्यम रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । सवारी साधन चलाउदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । न्यायिक निर्णयहरू तपाईँकोपक्षमा फैसला हुनेछन् । व्यापार, सेयरबजार तथा उद्योगमा लगानी गरी आम्दानीका बाटाहरू फराकिला हुनेछन् । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा समय व्यातित हुनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । बिहीबार मध्यान्हबाट घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    साताको समय राम्रो रहेकोले  छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवनसाथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्र वा सेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । न्यायलयबाट हुने निर्णयहरू आफ्नै पक्षमा हुनेछन् । राजनीति तथा कल्याणकारी क्षेत्रमा जनताको काम गर्न सकिने हुनाले मानसम्मानमा वृद्धि हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    सोमबारसम्मको समय मध्यम रहेकोले न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । काम गर्दा सावधानी अपनाउनुहोला । खराब व्याक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ । मंगलबारबाट समय राम्रो रहेकोले भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाइहरू खुशी हुनेछन् । पढाइल लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापार वा सेयर बजारमा लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुशी रहनेछन् ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    साताको सुरु र अन्तको समय राम्रो रहेकोले कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीतिकर्मीहरूका लागि समय फलदायी रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार, सेयरबजार तथा उद्योगमा लगानी गर्नेहरूले मनग्गे धन कमाउने तथा आर्थिक उन्नती हुने ग्रह योग रहेको छ । विद्यार्थीहरूले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरूका लागि समय उत्तम रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक धन सम्पत्तिको प्रयोग गर्न पाइनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले नीति नियम मिच्नाले जरिवाना तिुर्नुपर्ने हुनसक्छ । कष्टकर यात्रा नहोला भन्न सकिन्न । आँखामा समस्या आउने वा नियमित औषधी सेवन गर्नेहरूले ख्याल गर्नुहोला । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय