आज मिति वि.सं. २०८२ साल साउन २५ गते, आइतबार तदनुसार इस्वी सन् २०२५ अगस्ट १० तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, प्रतिपदा तिथी, धनिष्ठा नक्षत्र, आनन्दादिमा–मातंग योग, चन्द्रराशि–कुम्भ, गाईजात्रा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार, उद्योग, कृषि तथा पशुपालनमा लगानीबाट राम्रो लाभ मिल्नेछ। पैतृक धन र सम्पत्तिको सदुपयोगमार्फत आम्दानी बढ्नेछ। सेयर बजारबाट समेत फाइदा हुने संकेत छ। नयाँ अवसर र स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट आय वृद्धि हुनेछ। दिगो फाइदा हुने योजनामा लगानी गर्न अनुकूल समय हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार, कृषि र पशुपालनबाट लाभ हुनेछ। नोकरीमा अवसर वा बढुवा पाउने सम्भावना छ। पैतृक सम्पत्ति तथा भौतिक साधनमा वृद्धि हुनेछ। मेहनत र बुद्धिको प्रयोगले जीवनस्तर सुधारिनेछ। साथीभाइको सहयोग र प्रतिष्ठा बढ्नेछ। पुरानो कमजोरी सुधार्ने मौका मिल्नेछ, तर समयमा वचन नपुर्याउँदा आलोचना भोग्नुपर्ने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्यको साथ र सानो लगानीबाट व्यापारमा लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ र नयाँ योजनामा अघि बढिनेछ। खोजीमूलक काम र अध्ययनमा सकारात्मक नतिजा पाइन सक्छ। बुद्धिको प्रयोगले अप्ठ्यारा परिस्थिति समाधान हुनेछ। धर्म–अध्यात्मतर्फ रुचि बढ्नेछ। कलाकृति, मित्रता र प्रेममा समय अनुकूल रहन्छ, तर कम फाइदामा अलमलिन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा लगानीको प्रतिफल ढिलो हुने र खर्च बढ्दा आर्थिक दबाब आउन सक्छ। बोलचाल र सवारी प्रयोगमा सतर्क रहनु आवश्यक छ। पढाइ र कार्यमा अपेक्षित नतिजा नआए पनि मिहिनेतले आंशिक लाभ हुनेछ। विदेशबाट शुभ समाचार मिल्ने सम्भावना छ। चुनौतीपूर्ण जिम्मेवारीमा समय लागे पनि सकारात्मक प्रगति हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जीवनसाथीको सहयोग र प्रेमको सामीप्यले परिणाममुखी काम बन्नेछ। निर्माण सामग्री, खाद्यान्न व्यापार र छोटो अवधिमा फाइदा हुने अवसर मिल्नेछ। प्रविधिको उपयोग र सेवाग्राहीको विश्वासले व्यापार बढ्नेछ। अध्ययन, लेखन, मनोरञ्जनमा समय बित्नेछ। प्रतियोगितामा सफलता र पहिलेका कामबाट लाभ हुनेछ, तर अधिकार खोज्दा समस्या आउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मामा–मावलीको सहयोगले परिवारका आवश्यकता पूरा हुनेछन्। पढाइमा अग्रस्थान र प्रतियोगितामा सफलता मिल्नेछ। व्यापार–उद्योगमा पारदर्शिता राख्दा राम्रो नाफा हुनेछ। प्रेम र दाम्पत्यमा सामीप्य बढ्नेछ। मिहिनेतले नयाँ अवसर र दिगो कामको आधार बन्नेछ। विवाद, ऋण र फजुल खर्चबाट सावधान रहनु आवश्यक छ। पहिलेका कमजोरी सुधार्ने मौका मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक र प्राविधिक ज्ञानको उपयोगले व्यापार तथा कृषि–पशुपालनमा लाभ हुनेछ। लगानीबाट आम्दानी बढ्नेछ र भौतिक सम्पत्ति प्राप्त हुनेछ। अध्ययनमा प्रगति र विद्यार्थीलाई राम्रो नतिजा मिल्नेछ। सन्तान, आफन्त र सहयोगीको साथले महत्वपूर्ण काम बन्नेछ। सुखद समाचारले उत्साह बढाउनेछ र मिहिनेतले प्रतिष्ठित उपलब्धि दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनीति, सामाजिक काम र कारोबारमा विरोधी सक्रिय हुने भएकाले सतर्क रहनु आवश्यक छ। भौतिक सम्पत्ति, सवारी कारोबार र स्वास्थ्यमा जोखिम हुन सक्छ। अर्थ अभावले योजना रोकिने सम्भावना छ, तर कृषि–पशुपालनबाट लाभ हुनेछ। हास्य–सङ्गीत क्षेत्रमा समय अनुकूल छ। विशेष योजना गोप्य राखी मिहिनेत गर्दा नाम र दाम दुबै प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आट र पराक्रमले पुरुषार्थ बढेर नाम–दाम कमाउने मौका मिल्नेछ। न्यायिक निर्णय तपाईँको पक्षमा हुनेछ। उद्योग, लेखन र कला क्षेत्रमा समय फलदायी छ। प्रेममा सामीप्य बढ्नेछ। मेहनतले सफलता दिलाउनेछ तर सहयोगी पछि हट्दा बाधा आउन सक्छ। अवसर–व्यवधान बीच कर्मयोगले प्रगति हुनेछ। व्यापारमा फाइदा उठाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा लगानीले आर्थिक क्षेत्र बलियो हुनेछ र पहिलेको लगानीबाट लाभ मिल्नेछ। आफन्तसँग सम्बन्ध सुधारेर सहयोग प्राप्त हुनेछ। रमाइलो जमघट र हास्य(सङ्गीत क्षेत्रमा समय अनुकूल छ। प्रतिस्पर्धीबाट सहयोग, प्रेम र मित्रता बढ्नेछ। अभिव्यक्ति र लेखनमा निखार आउनेछ। नयाँ अवसर र आम्दानीका स्रोत बढ्नेछन्। बुद्धि र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिष्टान्न भोजन, राम्रो वस्त्र र उपहार प्राप्त हुनेछन्। व्यापार–उद्योगमा लगानीले आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। बोलीको प्रभावले मनग्गे आम्दानी हुनेछ। प्रेम र दाम्पत्यमा सुमधुरता बढ्नेछ। समाजमा मान–प्रतिष्ठा र प्रशासनिक सहयोग मिल्नेछ। यात्रा रमाइलो हुनेछ। नयाँ काम र प्रस्ताव आउनेछ। शुभचिन्तकको साथले लक्ष्य हासिल हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पढाइ–लेखाइमा अपेक्षित प्रगति नहुन सक्छ भने स्वास्थ्यमा सजग हुनुपर्छ। माया प्रेममा धोका र विश्वासघातको सम्भावना छ। दण्ड–जरिवाना लाग्न सक्ने भएकाले काममा सतर्कता आवश्यक छ। विदेशी सामान व्यापार फस्टाउनेछ र विदेशमा अध्ययन तथा काम गर्नेहरूका लागि समय राम्रो छ। खर्चले अर्थ अभाव निम्त्याउने भए पनि सहयोग र कर्जा जुट्नेछ। आलस्यले पछि पार्न सक्छ।