कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

आइतवार, साउन २५ २०८२
आइतवार, साउन २५ २०८२
  • कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ / मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । 

    images
    images

    , बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना  छ ।

    त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय