काठमाडौँ / नेपाली बजारमा मङ्गलबार सुनचाँदीको मूल्य उच्च बृद्धि भएको छ । सोमबार तोलामा सुनको मूल्य १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो । मङ्गलबार छापावाल सुनको भाउ तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । सोमबार २ हजार २ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।