कश्मीरमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड

कश्मीरमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड

आइतवार, साउन १८ २०८२
आइतवार, साउन १८ २०८२
  • कश्मीरमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड

    एजेन्सी / दक्षिण कश्मीरको कुलगाम जिल्लाको अखल देवसर क्षेत्रमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड भएको छ । 
    सुरक्षा बलले आफ्नो अपरेशन जारी समेत राखेको छ । अहिलेसम्म, अपरेशनमा एक आतंककारीलाई निष्क्रिय पारिएको छ ।

    images
    images

    शनिबार, अखल क्षेत्रमा रातभर जारी रहेको गोलीबारीका क्रममा सुरक्षा बलले एक आतंककारीलाई निष्क्रिय पारेको चिनार कोप्र्सले जनाएको छ । यो संयुक्त कारबाही भारतीय सेना, जम्मू कश्मीर प्रहरी, सीआरपीएफ र विशेष अपरेशन समूह (एसओजी)द्वारा गरिएको थियो । 

    जुलाई ३० मा, जम्मू र कश्मीरको नियन्त्रण रेखामा भारतीय सेनाले सीमा बार नजिकै शंकास्पद गतिविधि पत्ता लगाएपछि मुठभेड भएको थियो ।

    सुरुमा संदिग्ध आतंककारीहरूले गोलीबारी सुरु गरेको र सेनाले तुरुन्तै जवाफी कारबाही गरेको जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय