काठमाडौँ / नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । २ हजार २३५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।