इन्फिनिक्सले ल्यायो १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफर

इन्फिनिक्सले ल्यायो १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफर

शुक्रवार, साउन १६ २०८२
शुक्रवार, साउन १६ २०८२
  • इन्फिनिक्सले ल्यायो १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफर

    काठमाडौँ / स्मार्टफोन बजारमा एक अग्रणी ब्रान्डको रूपमा स्थापित इन्फिनिक्स नेपालले दुई नयाँ ग्राहकमुखी योजना सार्वजनिक गरेको छ। ब्रान्डले १८ महिनाको विस्तारित वारेन्टी, एकपटकको निःशुल्क स्क्रीन रिप्लेसमेन्ट र Band 20 नेटवर्क कनेक्टिभिटी सुविधा उपलब्ध गराउने दुई योजना सार्वजनिक गरेको हो । 

    images
    images

    उपभोक्ताको अनुभवलाई अझ सुरक्षित र सन्तोषजनक बनाउनका लागि  कम्पनीले १८ महिनाको विस्तारित वारेन्टी सुविधा ल्याएको छ । 

    स्मार्टफोनको टिकाउपन र विश्वसनीयताप्रति उपभोक्ताको भरोसा बढाउन इन्फिनिक्सले आफ्ना सबै नयाँ मोडेलमा १८ महिनाको वारेन्टी प्रदान गर्ने भएको छ । 

    इन्फिनिक्सले अब उपभोक्तालाई HOT 50i, Smart 10, Smart 10 Plus, GT20 Pro, GT 30 Pro, Note 50X तथा अन्य सबै नयाँ मोडेलहरूमा १०० दिनभित्र एकपटक निःशुल्क स्क्रीन रिप्लेसमेन्टको सुविधा पनि प्रदान गर्नेछ। यो योजना २०८२ असार १७ गतेदेखि कात्तिक १४ गतेसम्म (१ जुलाई-३१ अक्टोबर २०२५) लागू हुनेछ।

    इन्फिनिक्स स्मार्टफोनहरू Band 20 कनेक्टिभिटी सपोर्टका साथ उपलब्ध छन्, जसले नेपालका दुर्गम तथा उच्च भूभागहरूमा समेत भरपर्दो नेटवर्क सुनिश्चित गर्छ। 

    Band 20 नेपालको प्रमुख मोबाइल सेवा प्रदायकहरूले प्रयोग गर्ने ब्यान्ड हो, जसले कमजोर सिग्नल भएका क्षेत्रमा पनि कल र डाटा सेवामा स्थिरता ल्याउँछ।

    इन्फिनिक्स नेपालका NSM पियुष गिरीले भने, “हामी हाम्रा ग्राहकलाई दीर्घकालीन मूल्य प्रदान गर्नु आवश्यक छ भन्ने बुझ्छौं। यी अफरहरू इन्फिनिक्स स्मार्टफोन प्रयोग गर्दा उपभोक्ताले उत्कृष्ट अनुभव पाउन सकुन् भन्ने हाम्रो प्रतिबद्धता हो। चाहे त्यो विस्तारित वारेन्टी होस्, निःशुल्क स्क्रीन रिप्लेसमेन्ट होस् वा भरपर्दो Band 20 कनेक्टिभिटी-हामी हाम्रा ग्राहकको प्रत्येक कदममा साथ दिन तयार छौं।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय