सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, खोजी तीव्र

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, खोजी तीव्र

सोमवार, साउन १२ २०८२
सोमवार, साउन १२ २०८२
  • सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, खोजी तीव्र

    काठमाडौँ / सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरमा एकै परिवारका १६ जना अचानक सम्पर्कविहीन भएका छन्। वडाध्यक्ष रबिन श्रेष्ठकाअनुसार स्थानीय उर्मिला हायुको परिवार विगत केही दिनदेखि सम्पर्कमा नरहेको र उनीहरू बेपत्ता रहेको पुष्टि भएको हो।

    images
    images

    उनले बताएअनुसार, हायु परिवारको घरमा पालिएका चौपाया मात्र अलपत्र अवस्थामा फेला परेका छन् भने मानिस कोही पनि भेटिएका छैनन्। अहिले उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ।

    हालसम्म उनीहरू बेपत्ता हुनुको कारण खुल्न सकेको छैन। खोजतलासका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मी परिचालन गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय