सोमबारको राशिफल : परिवार, प्रेम, व्यापार, लगानी, आम्दानी र सफलताको हिसाबले तपाईँको समय कस्तो चल्दैछ ?

सोमबारको राशिफल : परिवार, प्रेम, व्यापार, लगानी, आम्दानी र सफलताको हिसाबले तपाईँको समय कस्तो चल्दैछ ?

सोमवार, साउन १२ २०८२
सोमवार, साउन १२ २०८२
  • सोमबारको राशिफल : परिवार, प्रेम, व्यापार, लगानी, आम्दानी र सफलताको हिसाबले तपाईँको समय कस्तो चल्दैछ ?

    आज मिति वि.सं. २०८२ साल साउन १२ गते,  सोमबार तदनुसार ईश्वी सन् २०२५ जुलाई २८ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, चतुर्थी तिथी, पूर्वाफाल्गुनी नक्षत्र, आनन्दादिमा-ध्वज योग, चन्द्रराशि-सिंह । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    यो समय पारिवारिक र प्रेम सम्बन्धमा तनावपूर्ण रहन सक्छ। स्वास्थ्यका साना समस्याले दैनिक कार्य प्रभावित पार्ने सम्भावना छ। तर, व्यापार तथा सेयर बजारमा सोच विचारपूर्वक लगानी गर्दा फाइदा लिन सकिन्छ। साझेदारी व्यापारमा विश्वास बढ्नेछ, र नयाँ सम्पर्कबाट अवसरहरू खुल्नेछन्। पुराना उल्झन हट्दै गएर रोकिएका कार्य अगाडि बढ्नेछन्।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    माया प्रेममा अविश्वास र पारिवारिक मनमुटाबले मानसिक तनाव बढ्नेछ। पढाइमा कमजोरी देखिए पनि कृषि र पशुपालन व्यवसायबाट आम्दानी हुने योग छ। वित्तीय क्षेत्रमा लगानी लाभदायक हुनेछ। प्रभावशाली व्यक्तिसँग सम्पर्क बढ्नेछ तर साझेदारीमा विवाद आउन सक्छ। धार्मिक यात्राबाट शान्ति मिल्नेछ। धैर्यपूर्वक निर्णय लिँदा भविष्यमा लाभदायक परिणाम आउनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    औद्योगिक, सेयर बजार र व्यापार क्षेत्रबाट लाभ उठाउन सकिनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन आउन सक्छ। अध्ययन, खेलकुद र साहित्यमा प्रगति हुने सम्भावना छ। सामाजिक सञ्जाल प्रभावशाली बन्ने माध्यम हुनेछ। तर, दाजुभाइसँग असमझदारी र सहयोगीहरूको कमीले चुनौती आउन सक्छ। नयाँ योजना सुरु गर्न उचित समय पर्खनु उपयुक्त हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    विपक्षीको आलोचना र आफ्नै मानिसबाट धोका हुने सम्भावना रहे पनि व्यापार, सेयर र परीक्षामा सफलता प्राप्त हुनेछ। साख जोगाउन सचेत रहनु जरुरी छ। धर्म तथा अध्यात्मले मन शान्त हुनेछ। सञ्चित धन बढ्नेछ, र मिहिनेतले मान, सम्मान र आम्दानी दुवै दिलाउनेछ। सानो प्रयासले ठूलो उपलब्धि मिल्ने समय आएको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    यो समय अवसरहरूको सदुपयोग गर्दै उद्योग, व्यापार र सेयर बजारमा लगानी विस्तार गरी मनग्गे धन कमाउन सकिनेछ। राजनीतिमा रुचि राख्नेहरूका लागि पद र प्रतिष्ठा प्राप्तिको योग छ। पढाइ तथा धार्मिक यात्रामा सफलता मिल्नेछ। प्रतिष्ठित कार्यहरू सम्पन्न भई नाम(दाम बढ्नेछ। विशिष्ट व्यक्तिसँग सम्पर्क र प्रशंसकहरूको संख्या बढ्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    लामो दूरीको यात्रा र विदेशी व्यापारबाट लाभ उठाउन सकिनेछ। विदेशमा श्रम गर्नेहरूका लागि समय फलदायी रहनेछ। सेयर तथा व्यापारमा लगानीको अवसर छ, तर आफन्त टाढिनु र खर्च बढ्नुका कारण आर्थिक दबाब आउन सक्छ। नियम पालना नगर्दा जरिवाना तिर्नु पर्ने जोखिम रहन्छ। धार्मिक यात्रा वा इष्टमित्रको सहयोगले मानसिक सान्त्वना मिल्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    यो समय व्यापार र पुँजी बजारमा लगानी गरेर राम्रो नाफा कमाउन सकिनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन् भने रोजगारीका अवसरहरू प्राप्त हुनेछन्। पठनपाठनमा प्रगति हुनेछ र धार्मिक यात्रा सम्भव छ। प्रेम र दाम्पत्य जीवनमा सुमधुरता रहनेछ। खर्च बढे पनि नयाँ योजनाबाट दीर्घकालीन लाभ उठाउन सकिने समय आएको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    नयाँ कामको प्रस्ताव र पदोन्नतिको सम्भावना रहेको यो समय व्यापार, उत्पादनमूलक क्षेत्र र सेयर बजारमा लगानी गर्न अनुकूल छ। आकस्मिक धनलाभ र महत्वाकांक्षी योजना सफल हुने संकेत छन्। प्रेम र राजनीति दुबै क्षेत्रमा साथ र समर्थन पाइनेछ। तर बेसुरमा काम नगर्नुहोला, गोपनीयता जोगाउनुहोला। दीर्घकालीन सफलताको लागि सोचविचारपूर्वक अगाडि बढ्नु उपयुक्त हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    विद्यार्थीहरूका लागि पढाइमा प्रगति हुने समय छ। धर्म र अध्यात्ममा रुचि बढ्दै मन्दिर दर्शन तथा प्रसाद ग्रहणको अवसर मिल्नेछ। बन्द व्यापार फस्टाउनेछ र नयाँ लगानीको अवसर खुल्नेछ। माया प्रेममा नजिकिन पाइनेछ भने सरकारी क्षेत्रमा सहभागिता प्रभावशाली बन्नेछ। आकस्मिक सहयोगले अड्किएको काम बन्नेछ र व्यापारबाट राम्रै आर्थिक लाभ हुनेछ। भाग्यको साथले नाम र दाम दुवै दिलाउनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    लामो मेहनतका बाबजुद आंशिक सफलता मात्र मिल्नेछ। पढाइमा कमजोरी र व्यापारमा मन्दीका कारण आर्थिक समस्या आउनेछ। स्वास्थ्यमा समस्या बढ्ने र खर्च पनि बढ्ने योग छ। आफन्तसँग मनमुटाब हुनेछ। विवाद र आलोचनाबीच पनि जिम्मेवारी निभाउनु पर्ने समय छ। योग, ध्यान र धर्मकर्मले मन शान्ति दिनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ तर स्वास्थ्य र गोपनीयतामा ध्यान दिन आवश्यक छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापार र सेयर बजारमा लगानी गरी धन आर्जन सम्भव छ भने साझेदारी व्यवसायले पनि फस्टाउनेछ। छोटो दूरीको व्यापार यात्रा लाभदायी रहनेछ। पढाइमा प्रतिस्पर्धीभन्दा अघि बढ्ने अवसर छ। नोकरीमा पदोन्नति सम्भावना छ। धर्म तथा अध्यात्ममा रुचि बढ्दै धार्मिक यात्रा हुनेछ। शत्रुपक्ष सक्रिय हुनेले सावधानी अपनाउनुपर्नेछ। अनावश्यक खर्च र नोक्सानबाट बच्न सतर्क रहनुहोला।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    धार्मिक यात्रा गर्न समय अनुकूल छ र मनपरेका व्यक्तिबाट उपहार प्राप्त हुने सम्भावना छ। छुट्टिएका प्रेम सम्बन्ध पुनः जोडिनेछन्। व्यापार र पुँजी बजारमा नाफा कमाउने मौका छ। न्यायालयका निर्णय तपाईँको पक्षमा आउनेछन्। विद्यार्थीहरूको तर्कशक्ति बढ्नेछ भने प्रशासनिक समस्याहरू समाधान हुनेछन्। चुनौती र फजुल खर्चबाट सावधान रहँदा सफलता हासिल हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय