चितवन राष्ट्रिय निकुञ्जद्वारा एक वर्षमा २ करोड राहत वितरण

चितवन राष्ट्रिय निकुञ्जद्वारा एक वर्षमा २ करोड राहत वितरण

बुधवार, साउन ७ २०८२
बुधवार, साउन ७ २०८२
  • चितवन राष्ट्रिय निकुञ्जद्वारा एक वर्षमा २ करोड राहत वितरण

    चितवन / चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा रु एक करोड ८२ लाख ६१ हजार ७७० राहत प्रदान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने जनतालाई सो राहत रकम वितरण गरिएको हो । ७२२ घटनामा सो बराबरको राहत रकम प्रदान गरिएको हो ।

    images
    images

    जङ्गली जनावरले गरेका विभिन्न क्षतिको स्थानीयलाई राहत प्रदान गर्ने गरिएको हो । वन्यजन्तुबाट सामान्य घाइते भएका नौ जनालाई रु ९३ हजार ८५२, गम्भिर घाइते भएका ३२ जनालाई रु २९ लाख ७४ हजार ६८१ क्षतिपूर्तिबापत रकम वितरण गरिएको छ ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुुसार गत आर्थिक वर्षमा जङ्गली जनावारको आक्रमणका कारण १० जनाको मृत्यु भएको थियो । उनीहरुको परिवारलाई राहतस्वरुप रु १० लाखका दरले प्रदान गरिएको उनले जानकारी दिए ।

    यस्तै, १७२ पशुधनको क्षति भएको छ । सो बापत निकुञ्जले रु १७ लाख चार हजार ७०० राहत रकम स्थानीयलाई उपलब्ध गराएको छ । 

    निकुञ्जबाट बस्ती पसेर विभिन्न जनावरले क्षति पुर्याउँदै आएका छन् । यसै क्रममा भण्डारण गरेको अन्नमा १३ पटक क्षति पुर्याएको छ । सो बापत रु ८३ हजार, २३ वटा घरगोठको क्षति पुर्याएकामा रु दुई लाख १८ हजार राहत रकम प्रदान गरिएको छ ।

    सूचना अधिकारी मगरका अनुसार अन्नबाली ४५३ पटक क्षति पुर्याएबापत रु ३१ लाख ६० हजार १०० राहत रकम बुझाइएको छ । सातवटा कुखुराको क्षति भएबापत रु २७ हजार ५०० राहत रकम निकुञ्जले आसपासमा बसोबास गर्ने मध्यवर्तीका बासिन्दालाई बुझाएको छ । निकुञ्जमा रहेका जङ्गली हात्ती, गैँडा, बाघ, भालु, जङ्गली बँदेल, मगरगोहीलगायतले क्षति पु-याउँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय