आज वि.सं. २०८२ साल साउन ७ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ जुलाई २३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण कृष्णपक्ष, चतुर्दशी तिथी, आद्र्रा नक्षत्र, आनन्दादिमा-मुसल योग, चन्द्रराशि-मिथुन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक क्षेत्रमा उल्लेख्य सफलता मिल्ने सङ्केत छ। व्यापार, उद्योग र शेयर बजारमा लगानी गर्नु फलदायी हुनेछ। साना प्रयासले पनि दीर्घकालीन आम्दानी सुनिश्चित गर्न सकिनेछ। नयाँ योजना सुरु गर्न उपयुक्त समय हो। भौतिक साधन जुटेर दिगो लाभको आधार बनाउने मौका मिल्नेछ। सेवामूलक कामबाट पनि राम्रो आम्दानी र प्रतिष्ठा दुवै प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिश्रित नतिजा हात पर्ने समय रहेको छ । खाद्यान्न, बिलासी वस्तु, होटल र पुँजी बजारमा लगानी लाभदायक हुनेछ। बोलेरै आम्दानी गर्ने अवसर प्राप्त हुनेछ। तर मिहिनेतअनुसार प्रतिफल नआउने सम्भावना पनि देखिन्छ। द्विविधा र परिबन्धले काममा प्रभाव पार्न सक्छ। खर्च नियन्त्रण गरी विवेकपूर्ण निर्णय लिएमा आर्थिक स्थायित्व कायम रहन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज आर्थिक क्षेत्रमा उल्लेख्य सुधार देखिनेछ। बन्द व्यापार फस्टाउनेछ र शेयर बजारमा लाभ कमाउन सकिनेछ। नयाँ प्रविधिको प्रयोगले आम्दानी बढ्नेछ। उद्योग व्यापारबाट फाइदा हुने योग बलियो छ। साथीसंगी र सहयोगीहरूको साथमा नयाँ कामको प्रस्ताव आउनेछ। विवेकपूर्ण निर्णयले दीर्घकालीन आर्थिक स्थायित्व दिलाउनेछ। मिहिनेत गरेबापत नाम, दाम र इनाम तीनै प्राप्त हुने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक क्षेत्रमा तपाईँको समय मिश्रित रहेको देखिन्छ। स्वास्थ्य सामग्री र औषधी व्यापारबाट लाभ लिन सकिनेछ भने पुँजी बजारमा लगानीले आम्दानी दिनेछ। विदेशी भाषासम्बन्धी काम वा परराष्ट्र व्यापारबाट मनग्गे लाभ हुने संकेत छ। तर अनियन्त्रित खर्च र गैह्र न्यायिक क्रियाकलापले धनगुमाउने सम्भावना रहेकाले सावधानी आवश्यक छ। सोचेर कदम चाल्दा मात्र आर्थिक लाभ सुनिश्चित हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन आर्थिक क्षेत्रका लागि निकै लाभदायक देखिन्छ। सरकारी तथा प्राकृतिक स्रोतको प्रयोगबाट आम्दानी बढ्नेछ। उद्योग, कृषि, पशुपालन र शेयर बजारमा लगानी गर्नु भविष्यका लागि फाइदाजनक हुनेछ। पहिल्यै गरेका कामबाट लाभ हात पर्नेछ भने नयाँ आम्दानी स्रोत पनि खुल्नेछन्। चल(अचल सम्पत्तिको सदुपयोगले दीर्घकालीन लाभ दिनेछ। तर खर्च व्यवस्थापन नगर्दा असहज स्थिति आउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक दृष्टिले तपाईँको समय लाभदायक छ। व्यापार, शेयर बजार, कृषि र पशुपालनमा लगानी बढाएर दीर्घकालीन आम्दानी सुनिश्चित गर्न सकिनेछ। बुद्धिको उपयोग र सहयोगीहरूको साथले महत्त्वाकांक्षी काम सफल हुनेछन्। भौतिक साधन जुट्ने र प्रतिष्ठा बढ्ने समय हो। राम्रा कामको प्रशंसा पाइनेछ भने लाभांश वृद्धि भएर आर्थिक स्थिति थप बलियो बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लगानीका लागि राम्रा राम्रो अवसरहरू देखा पर्नेछन्। व्यापार र शेयर बजारमा लगानी वृद्धि भएर आम्दानी बढ्नेछ। आर्थिक समस्या क्रमशः समाधान हुनेछन्। खोज, अनुसन्धान र ज्ञानमा लगानी गर्नेहरूले दीर्घकालीन लाभ पाउनेछन्। तर केही कामले तत्काल फाइदा नदिए पनि धैर्य जरूरी छ। अस्वस्थता र अनावश्यक अलमलले खर्च बढ्न सक्ने भएकाले सावधानी जरुरी छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक रूपमा लाभ लिन सकिने समय रहेको छ। व्यापार, शेयर बजार र उत्पादनमुखी क्षेत्रमा लगानी गरेर राम्रो आम्दानी गर्न सकिनेछ। रोकिएका कामहरू अगाडि बढ्नेछन् र घरपरिवारबाट सहयोग मिल्नेछ। प्रविधिको प्रयोगले काममा सहजता आउनेछ। तर सामान्य काममा बढी खर्च हुन सक्छ, र गोपनीयता नजोगिँदा धन वा अधिकारमा समस्या आउन सक्छ। सजक रहेर काम गर्दा आर्थिक स्थिति मजबुत बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाईँको समय उत्साहजनक रहेको छ। व्यापार र शेयर बजारबाट मनग्गे आम्दानी हुने संकेत छ। व्यवसायका सिलसिलामा यात्रा हुनसक्छ, जसले थप अवसर खोल्नेछ। प्रभावशाली व्यक्तिसँगको सम्पर्कले आर्थिक लाभका ढोका खोल्नेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। खर्चभन्दा आम्दानी बढ्ने सम्भावना छ, जसले आर्थिक स्थायित्वमा सहयोग पुर्याउनेछ। समयलाई सदुपयोग गर्दा राम्रो फाइदा उठ्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सफलता र लाभका दृष्टिले समय राम्रो छ । वित्तीय लगानी, व्यापार र शेयर बजारबाट मनग्गे आम्दानी हुनेछ। नयाँ काम वा पदोन्नतिको अवसर पनि खुल्नेछ। न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने सम्भावना छ। मेहनत गर्दा प्रतिस्पर्धामा विजय मिल्नेछ र आर्थिक क्षेत्रमा दिगो सफलता प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र शत्रुहरू परास्त हुनेछन्। महत्त्वाकांक्षी कार्य सुरु गर्न यो समय अत्यन्तै शुभ छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक क्षेत्रमा नयाँ प्रविधिको प्रयोगबाट आम्दानीका स्रोत बढ्नेछन्। स्वास्थ्य सामग्री, निर्माण सामाग्री र वित्तीय क्षेत्रमा लगानीबाट लाभ हुने सम्भावना छ। आफन्त र मामा पक्षबाट सहयोगले मन प्रसन्न हुनेछ। तर खर्च बढ्ने र स्वास्थ्यमा सतर्कता आवश्यक छ। समयमै काम नगर्दा समस्या आउन सक्छ, त्यसैले अवसरलाई सोचेर सदुपयोग गर्नुपर्नेछ। मेहनत र बुद्धि खर्चेर प्रगति सम्भव छ, तर प्रतिस्पर्धामा सावधानी अपनाउन जरूरी छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि र पशुपालन व्यवसायमा लगानीले मनग्गे लाभ मिल्नेछ। बैंक तथा वित्तीय क्षेत्रमा पनि आम्दानी बढ्ने सम्भावना छ। सानो प्रयासले काम सम्पन्न हुँदा मन प्रसन्न हुनेछ। तर आमा र आफन्तसँग सानो विवाद हुन सक्ने भएकाले संयम अपनाउनुपर्छ। प्रविधि र सवारी प्रयोगमा सावधानी आवश्यक छ। रोकिएका कामहरू अघि बढ्नेछन् भने परिवार र इष्टमित्रको सहयोगले सफलता मिल्नेछ। असमझदारी र विवादबाट जोगिन सतर्कता अपनाउन सुझाव छ।