सुनको भाउ ह्वात्तै बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनको भाउ ह्वात्तै बढ्यो, प्रतितोला कति पुग्यो ?

बुधवार, साउन ७ २०८२
बुधवार, साउन ७ २०८२
  • सुनको भाउ ह्वात्तै बढ्यो, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो । 

    images
    images

    मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय