काठमाडौँ / नेपालमा XPENG इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक सिजी मोटर्सले विशेष प्रि अटो शो सार्वजनिक गरेको छ । कम्पनीले नेपाली अटोमोबाइल बजारमा नयाँ ऊर्जा ल्याउने अपेक्षाले सो अफर सार्वजनिक गरेको हो ।
'Unleash Tomorrow’s Drive’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले XPENG इलेक्ट्रिक सवारी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन् ।
साथै, ६.६४ प्रतिशत मात्र ब्याजदर, ४८ घण्टाभित्र ऋण स्वीकृति र ७ वर्षसम्मको ऋण अवधिसहित यो अफर हाल नेपालमा उपलब्ध सबैभन्दा आकर्षक इभि फाइनान्सिङ अफरहरूमध्ये एक हो ।
यो अफर अन्तर्गत ग्राहकहरूले वित्तीय सुविधासँगै अन्य उच्चस्तरीय लाभहरू पनि प्राप्त गर्नेछन्ः
१ वर्षको पूर्ण बीमा कभरेज
१ वर्षको सवारी कर
घरमै चार्ज गर्न ६.६ किलोवाट होम चार्जर
यात्रा उपयोगका लागि ३.३ किलोवाट ट्राभल चार्जर
आकर्षक एक्सचेन्ज बोनस
ब्ल्याक एण्ड डेकोरको भ्याकुम क्लिनर र कार वासर (पोस्ट-पर्चेज केयरका लागि)
स्टाइलिस डिजाइन, भविष्यमुखी प्रविधिहरू र सिजी मोटर्सको सेवा प्रतिबद्धतासँग XPENG एक इभि क्रान्तिको साहसी कदमको रूपमा अगाडि आएको छ ।
यो प्रि अटो शो अफर केवल छुटमा मात्र सीमित नभएको कम्पनीले जनाएको छ । यो अफर इभि स्वामित्वलाई अझ सजिलो, रोमाञ्चक र उपयोगी बनाउने पूर्ण प्याकेज भएको कम्पनीको भनाइ छ ।