काठमाडौँ / सरकारले मन्त्रिपरिषद्का २०८२ साउन ४ गतेका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले आइतबारको बैठकको १० वटा निर्णहरू सार्वजनिक गरेका हुन् ।
सरकारले साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने Promoting Agroecological Approaches for Sustainable Transformation of Agri–food Systems in South Asia कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी, सरकारले चीन सरकारबाट बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको छ ।
त्यस्तै, विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका । सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने सरकारको निर्णय रहेको छ ।
विस्तृतमा हेर्नुस्