नवनिर्वाचित सिएनआई पदाधिकारीहरूलाई बजेट कार्यान्वयनमा पनि रचनात्मक भूमिका खेल्न अर्थमन्त्रीको आग्रह

नवनिर्वाचित सिएनआई पदाधिकारीहरूलाई बजेट कार्यान्वयनमा पनि रचनात्मक भूमिका खेल्न अर्थमन्त्रीको आग्रह

बुधवार, असार ३२ २०८२
बुधवार, असार ३२ २०८२
  • नवनिर्वाचित सिएनआई पदाधिकारीहरूलाई बजेट कार्यान्वयनमा पनि रचनात्मक भूमिका खेल्न अर्थमन्त्रीको आग्रह

    काठमाडौँ / नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरूले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन् । 

    images
    images

    परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले सरकारले उत्पादन प्रोत्साहन गर्ने गरी बजेट ल्याएको र बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएकाले अर्थतन्त्रमा सुधार हुने अपेक्षा निजी क्षेत्रले राखेको बताए । 

    उनले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अङ्कको आर्थिक बृद्धि गराउने लक्ष्य राखेको र यसका लागि ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको बताए । 

    १०० अर्ब डलरको अर्थतन्त्र एवं दोहोरो अङ्कको आर्थिक बृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत अध्ययन सुरु गरेको जानकारी समेत उनले गराए । 

    अध्यक्ष पाण्डेले उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न एवं उधारो उठाउने ऐन ल्याउन आग्रह गरे । 

    सो अवसरमा अर्थमन्त्री पौडेलले नवनिर्वाचित समितिलाई बधाई दिनुहुँदै परिसंघले उठाएका विषयलाई गम्भिरतापूर्वक लिएको बताए । 

    उनले उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई सरकारले अपनत्व लिएको र कार्यान्वयन प्रक्रियामा लगिसकेको बताए । 

    चरणबद्ध रूपमा अगाडि बढाउनुपर्ने सुझावहरूलाई सोही अनुरुप अगाडि बढाइने उनले बताए । अवैध कारोबारका कारण सबैभन्दा ठुलो असर सरकारको राजश्वमा परेको भन्दै उनले सीमा क्षेत्रमा कडाई गर्नुपर्ने बताए । 

    मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ सालको बजेट कार्यान्वयनमा पनि रचनात्मक भूमिका खेल्न आग्रह गरे । 

    अर्थमन्त्रीसँगको छलफलमा निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरू राज बहादुर शाह, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य विदूषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय