काठमाडौँ / घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रतिसिटर ६ सय रुपैयाँमा प्रोफेसनल सोफा सफाइ सेवा सुरु गरेको घोषणा गरेको छ। यो सेवा हाल काठमाडौँ उपत्यकाभित्र उपलब्ध छ, जहाँ ग्राहकहरूले आफ्नो घरमै बसेर सेवा प्राप्त गर्न सक्नेछन् ।
यसले ग्राहकको समय र श्रम दुवैबाट छुटकारा दिलाउनेछ। दैनिक जीवनमा बारम्बार प्रयोग हुने सोफामा धुलो, दाग, र ब्याक्टेरिया सजिलै जम्ने गर्दछ।
लामो समयसम्म सफा नगर्दा सोफाको आकर्षण मात्र होइन, परिवारको स्वास्थ्यमा समेत असर पर्न सक्छ-जसले खोकी, एलर्जी, र छालासम्बन्धी समस्याहरू निम्त्याउन सक्छ। त्यसैले नियमित र विशेषज्ञद्वारा गरिने सफाइ अत्यावश्यक हुन्छ।
भेटायोको अनुभवी सफाइ टोलीले इको–फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्रीहरू प्रयोग गरी तपाईंको सोफालाई नयाँजस्तै चम्किलो बनाउँछ।
धुलो, दाग, गन्ध र जीवाणुहरूलाई प्रभावकारी रूपमा हटाउन विशेष प्रविधि अपनाइन्छ। सेवा सम्पन्न गर्न औसतमा ४० मिनेटदेखि १ घण्टा लाग्नेछ।
कसरी गर्ने बुकिङ ?
सेवा बुक गर्न 'Bhetayo' मोबाइल एप प्रयोग गर्न सकिन्छ वा भेटायोको कल सेन्टरमा सम्पर्क गर्न सकिन्छ। ग्राहकले आफूलाई उपयुक्त मिति र समय छानेपछि, तोकिएको समयमा हाम्रो टोली घरमै पुगेर सफाइ र सुख्खाइ प्रक्रिया सम्पन्न गर्छ।
अन्य सेवा
यसैगरी, भेटायो एपमा १५ भन्दा बढी सेवाहरू उपलब्ध छन् जसमा प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लनिङ्, ड्राइभर सेवा लगायत अन्य धेरै सेवाहरू रहेका छन्।