आज मिति वि.सं.२०८२ साल आषाढ ३१ गते, मङ्गलबार तदनुसार ईश्वी सन् २०२५ जुलाई १५ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिष्म ऋतु, श्रीशाके १९४७, श्रावण कृष्णपक्ष, पंचमी तिथी, नक्षत्र-शतभिषा, आनन्दादिमा-मृत्य योग, चन्द्रराशि-कुम्भ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक पक्ष सबल बन्नेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्ने संकेत छ। मिहिनेतको उचित फल प्राप्त हुनेछ भने रोकिएका काम सम्पन्न भई उत्साह जाग्नेछ। श्रमको मूल्यांकन हुनेछ र सञ्चित धनको प्रयोग फाइदाजनक हुनेछ। प्रयास गरे सजिलै लक्ष्यमा पुग्न सकिनेछ। गोप्य रूपमा अघि बढ्दा सफलता सुनिश्चित हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कर्मभावमा चन्द्रमा प्रवेश गर्दा सकारात्मक सोच विकास हुनेछ। नयाँ प्रविधि अपनाउँदै व्यापार वा शेयरमा लगानीबाट आम्दानी बढ्नेछ। नोकरीमा प्रभाव र जिम्मेवारी बढ्ने योग छ। मिहिनेतले जीवनशैलीमा सुधार आउनेछ। सवारी खर्च, पुराना विवाद वा स्वार्थी सम्बन्धले चुनौती आउन सक्छ। तर लगनशीलताले लक्ष्य प्राप्ति सम्भव हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायिक यात्रा र पर्यटन व्यवसाय फस्टाउनेछ। अनुसन्धान, शैक्षिक तथा धार्मिक क्षेत्रमा सफलताको संकेत छ। कार्यक्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ र प्रेम तथा दाम्पत्यमा सहकार्य हुनेछ। सानो प्रयत्नले ठूलो उपलब्धि मिल्नेछ। सामाजिक, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। आर्थिक निर्णयमा सुझबुझ अपनाउनुपर्छ, तर मिहिनेतले भाग्यको साथ पाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य समय रहेकोले व्यापारमा नयाँ लगानी नगरी पुरानो कामलाई निरन्तरता दिनु उपयुक्त हुनेछ। शारीरिक स्वास्थ्य र गोपनीयतामा ध्यान दिनुपर्नेछ। प्रेम र पारिवारिक सम्बन्धमा शंका वा मनमुटावले चुनौती आउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ। समस्या आए सहयोग पाइनेछ र गुम्न लागेको रकम जोगाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार, पर्यटन र साझेदारी व्यवसाय फस्टाउनेछ। आम्दानी बढाउने काम सुरु गर्न अनुकूल समय रहेको छ। व्यवसायिक यात्राबाट लाभ मिल्नेछ भने भौतिक साधनको प्रयोगले जीवनशैलीमा सुधार आउनेछ। प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ। नोकरी वा पेशामा सफलता मिल्नेछ। दिगो काम थाल्न उपयुक्त समय हो, साथीभाइको सहयोगले उत्साह थपिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
माया प्रेम र पारिवारिक सम्बन्धमा सकारात्मक समय रहेको छ। छोटो तथा लामो दुरीको यात्रा हुने संकेत छ, तर स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सचेत रहनुपर्छ। कार्यक्षेत्रमा संघर्ष देखिए पनि व्यापारमा आकस्मिक लाभ मिल्नेछ। प्रतियोगितामा सफलता सम्भव छ। गोपनीयता जोगाउन आवश्यक छ, नत्र अवसरवादीहरूको चलखेल बढ्न सक्छ। आंशिक सफलता र लाभको सम्भावना रहन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मेहनतले प्रतिष्ठा र सफलता दिलाउनेछ। पढाइ, सन्तानको प्रगति र बैङ्किङ लगानीबाट मनग्गे लाभ मिल्नेछ। व्यापारमा नयाँ अनुबन्धहरू सफल हुनेछन् भने जीवनसाथीको साथले काम सजिलै सम्पन्न हुनेछ। परिस्थितिले ढिला गराए पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। स्वास्थ्य र अध्ययनमा ध्यान दिनु जरुरी छ। अरूका विषयमा बढी चासो नलिनु बुद्धिमानी हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा ध्यान नदिँदा पछि पर्न सकिनेछ भने अरूकै लागि श्रम खर्च हुन सक्छ। व्यापारमा कम आम्दानी, प्रेममा विश्वासको अभाव, र आफन्तसँगको टाढापनले मन खिन्न बन्न सक्छ। कार्यक्षेत्रमा जोखिम नलिनु उपयुक्त हुनेछ। रोकिएका काम दोहोर्याएर प्रयास गर्दा बन्नेछन्। स्वास्थ्यमा सुधार आउँछ तर गोपनीयता र ढिलासुस्तीप्रति सजग रहनु आवश्यक छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
औद्योगिक, शेयर बजार र व्यापारमा लगानीबाट आम्दानी बढ्नेछ। छोटो दुरीको यात्राबाट उपलब्धि मिल्नेछ। आफन्त र दाजुभाइको सहयोगले मन प्रसन्न हुनेछ। नोकरीमा कठिन कामको नेतृत्वले सम्मान मिल्नेछ। सामाजिक सञ्जालबाट जनसम्पर्क विस्तार हुनेछ। तर व्यवसायमा बाधा आउन सक्ने हुँदा हतार नगरी विचारपूर्वक अघि बढ्नुपर्छ। सेवामूलक कार्यबाट राम्रो सफलता मिल्ने संकेत छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गीत संगीत, कला र साहित्यमा समय दिनाले मनग्गे लाभ मिल्नेछ। प्रेम र पारिवारिक सद्भाव बलियो हुनेछ। व्यापार र शेयर बजारमा लगानीबाट आम्दानीका नयाँ स्रोत खुल्नेछन्। अध्ययन, अनुसन्धान र बौद्धिक कार्यले सम्मान र प्रगति दिलाउनेछ। नयाँ अनुबन्ध लाभदायी हुनेछन् र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा पुग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा सुधार हुँदै अग्रपंक्तिमा आउने सम्भावना छ। मेहनत र जुझारुपनले लक्ष्य हासिल हुनेछ। व्यवसाय फस्टाउने र लगानीका नयाँ अवसर खुल्नेछन्। परिवारसँग रमाइलो समय बित्नेछ। बैंक र वित्तीय शेयरबाट आम्दानी बढ्नेछ। सामाजिक लोकप्रियता र प्रतिष्ठा बढ्नेछ। नयाँ कामको प्रस्ताव आउने र सहयोगी भेटिनेछन्। जीवनशैलीमा सुधार गर्दै व्यक्तित्व चम्कनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय मध्यम हुँदा स्वास्थ्य समस्या र खर्च बढ्नेछ। पढाइमा ध्यान नदिँदा पछि पर्न सकिन्छ। प्रेममा अविश्वास र परिवारसँग मतभेद हुन सक्छ। विदेशी सामानको व्यापारबाट मनग्गे लाभ हुने संभावना छ। व्यवसायमा लाभ भए पनि खर्च पनि बढ्नेछ। दाम्पत्य जीवन सुमधुर रहन्छ। आर्थिक प्रलोभन र अरूको फाइदाबाट सजग रहनु जरूरी छ। यात्रा र सामाजिक भेटघाटको समय छ।