बाढी पहिरोका कारण भएको क्षतिप्रति महासंघद्वारा दुःख व्यक्त

बाढी पहिरोका कारण भएको क्षतिप्रति महासंघद्वारा दुःख व्यक्त

बुधवार, असार २५ २०८२
बुधवार, असार २५ २०८२
  • images
    images
    बाढी पहिरोका कारण भएको क्षतिप्रति महासंघद्वारा दुःख व्यक्त
    images
    images

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघले, रसुवा जिल्लाको नेपाल-चीन सीमानामा मंगलबार बिहान गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

    साथै, यस विपद्मा परेका व्यक्तिहरूको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाहरूको सुरक्षित बसोबासका लागि महासंघ नेपाल सरकारसँग आग्रह पनि गरेको छ ।  

    बाढी पहिरोले चीनसँगको मुख्य व्यापारिक नाकामा सुख्खा वन्दरगाहमा क्षति हुनुका साथै त्यहाँ राखिएका इलेक्ट्रिक र मालवाहक सवारी साधनलाई बगाएको छ ।

    यस विषयमा रसुवा उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, कन्टेनर ढुवानी संघ र नेपाल स्वतन्त्र यातायात मजदुर संघका पदाधिकारीहरूले महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठलाई भेटेर क्षतिको विवरण जानकारी गराउँदै तत्काल सहयोगका लागि पहल गरिदिन आग्रह गरेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

    महासंघले गृह मन्त्रालय र ल्हासास्थित महावाणिज्य दुतावासलाई पनि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । साथै चीनतर्फ फसेका नेपालीहरुको उद्धारका लागि कुटनीतिक पहल गर्न र नेपालतर्फको उद्धारका लागि नेपाल सरकारसंग अनुरोध गरेको छ ।

    साथै, बर्षाको समयमा बाढि पहिरोको जोखिम उच्च हुने हुँदा सुरक्षित रही व्यापार व्यवसाय गर्न महासंघ सम्पूर्ण उद्यागी व्यवसायीहरुमा हार्दिक गर्दछ । महासंघले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com