रसुवाको बाढीले आपूर्ति प्रणाली र आर्थिक चक्रमा गम्भीर असर, उच्च प्राथमिकता दिन सरकारलाई नाइमाको आग्रह

रसुवाको बाढीले आपूर्ति प्रणाली र आर्थिक चक्रमा गम्भीर असर, उच्च प्राथमिकता दिन सरकारलाई नाइमाको आग्रह

बुधवार, असार २५ २०८२
बुधवार, असार २५ २०८२
  • images
    images
    रसुवाको बाढीले आपूर्ति प्रणाली र आर्थिक चक्रमा गम्भीर असर, उच्च प्राथमिकता दिन सरकारलाई नाइमाको आग्रह
    images
    images

    काठमाडौँ / हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोले जनजीवनमा पुर्‍याएको गहिरो क्षतिप्रति नाइमाले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारहरूप्रति समवेदना प्रकट गरेको छ।

    विपद्‌ले धेरै केही व्यक्ति, घर, व्यवसाय र आशा एकैचोटि बगाएको उल्लेख गर्दै नाइमाले समवेदना व्यक्त गरेको हो । 

    “हामी पीडितहरूप्रति हार्दिक समवेदना प्रकट गर्दै, यो कठिन घडीमा शक्ति, धैर्य, र पुनःस्थापनाको आशा मिलोस् भन्ने कामना गर्दछौँ” नाइमाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

    उक्त विपद्ले केवल मानवीय क्षति मात्र नभई देशको आपूर्ति प्रणाली र आर्थिक चक्रमा पनि गम्भीर असर पारेको छ।

    नेपाल भित्रिने सवारी साधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाका हुँदै आउँछन्, जसमा रसुवागढी मुख्य मार्ग हो। तर हाल मितेरी पुल पूर्ण रूपमा भत्किएकाले चिनियाँ भन्सारबाट क्लियर भएका मालबाहक सवारीहरू नेपाल प्रवेश गर्न सकेका छैनन्। 

    चाडपर्व नजिकिँदै गर्दा आपूर्ति व्यवस्थामा आएको यो अवरोध अझ गम्भीर बनाएको नाइमाले जनाएको छ।

    यसै सन्दर्भमा नाइमाले नेपाल सरकार र सम्बन्धित निकायहरूलाई रसुवा जिल्लामा तत्काल उद्धार, राहत, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ। 

    साथै, नाइमाले तत्कालिन आवश्यकताहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न सधैं तत्पर रहेको जानकारीसमेत गराएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com