आज मिति २०८२ साल असार २५ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ जुलाई ९ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, चतुर्दशी तिथी, मूल नक्षत्र, अहोरात्र, योग–ब्रम्ह, आनन्दादिमा–ध्वज योग, चन्द्रराशि–धनु ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक तथा शैक्षिक यात्रा योगबलि रहेकाले ज्ञान र अनुभव आर्जनको राम्रो अवसर मिल्नेछ। धर्मसँग सम्बन्धित व्यापार र शेयर, शिक्षा, खाद्यान्न, पहिरनमा गरिएको लगानीबाट राम्रो आम्दानी हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ, पदीय जिम्मेवारी प्राप्त हुनेछ। आर्थिक र स्वास्थ्य पक्ष सबल रहनेछ। टाढिएका साथीभाइ नजिकिने, भाग्यले नयाँ अवसर दिने समय हो।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय मध्यम भएकाले परिश्रमको फल ढिला प्राप्त हुनेछ। सानो गल्तीले महत्वपूर्ण अवसर गुम्न सक्छ। सवारी साधन र भौतिक सम्पत्तिको प्रयोगमा सावधानी आवश्यक छ। कार्यक्षेत्रमा व्यस्तता र दबाब बढ्नेछ भने शरीरमा कमजोरी महसुस हुन सक्छ। तापनि निरन्तर प्रयासबाट नसोचेको लाभ मिल्न सक्छ। गोपनीयता जोगाउनु आवश्यक छ, यथासमयमा सहयोगी जुट्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रियजनसँगको भेटघाट, प्रेम र मित्रताको सम्बन्धमा प्रगाढता ल्याउनेछ। जीवनसाथीको सहयोगले व्यापारमा सफलता मिल्नेछ। शेयर तथा व्यवसायमा लगानीबाट मनग्गे धन आर्जन हुनेछ। अध्ययन वा व्यवसायिक यात्राबाट लाभ हुने सम्भावना छ। अनुभवी सहयोगीको साथले नयाँ कामको योजना अघि बढ्नेछ। आम्दानी बढ्नेछ, जीवनशैलीमा सकारात्मक परिवर्तन देखिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन्। प्रतिस्पर्धा र ज्ञानका क्षेत्रमा सफलता मिल्नेछ। व्यापार र शेयर लगानी फस्टाउँदा आर्थिक समस्याहरू समाधान हुनेछन्। पुराना ऋण तथा रोगबाट छुटकारा मिल्नेछ। माया प्रेममा विश्वास बढ्नेछ। मिहिनेत र आँटले लक्ष्यमा पुग्न सकिनेछ। स्थायित्व दिने काममा सफलता पाइने समय हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शिक्षा, व्यापार र शेयर बजारमा लगानीबाट आम्दानी बढ्नेछ। सन्तानबाट सुखद खबर मिल्नेछ भने उनीहरूको प्रगति देख्दा मन प्रसन्न हुनेछ। अध्यात्म र धर्मप्रति आकर्षण बढ्नेछ। प्रेममा खुलेर भावना साटासाट गर्न सकिनेछ, उपहारले सम्बन्धमा मिठास थपिनेछ। नयाँ काम वा पदोन्नतिको अवसर आउन सक्छ। मिहिनेतले लक्ष्य अनुसार सफलता मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य समस्या र टाढाको यात्रा कारण मन खिन्न हुन सक्छ, तर साहसिक प्रयासबाट लाभ मिल्नेछ। राजनीति र अध्ययनमा चुनौती भए पनि कृषि क्षेत्रमा गरिएको लगानी फस्टाउनेछ। व्यापारमा पारिवारिक सहयोग मिल्नेछ। साझेदारीको समस्या समाधान भई दिगो योजनामा अघि बढ्न सकिनेछ। रोकिएका काम दोहोर्याएर गर्दा सफलता पाइनेछ, पुराना सम्झौता नवीकरणले दीर्घकालीन फाइदा दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो रमाइलो यात्रामा जान पाइनेछ र मन मिल्ने साथीभाइहरूसँग भेट हुनेछ। प्रेम सम्बन्धमा सुधार आउँनेछ भने दाजुभाइको सहयोगले परिणाममुखी कामहरू सम्पन्न हुनेछन्। प्रयासले चुनौती पार गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ। विवादित विषयहरू तपाईँकै पक्षमा आउनेछन्। व्यापारमा लाभ, नयाँ कामको थालनी र समाजमा प्रतिष्ठा बढ्ने समय हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सबैको सहयोगले प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। बोलेर गर्ने पेसा, गीत–सङ्गीत वा मोडलिङ जस्ता पेशाबाट राम्रो आम्दानी हुनेछ। कुटुम्बसँग मिलेर गरिएको व्यापार फस्टाउनेछ। छोटो समयमा उपलब्धि मिल्नेछ भने प्रतीक्षित नतिजाले उत्साह थपिनेछ। मनग्गे धन लाभ हुने समय हो, जसले आर्थिक सुधार र सामाजिक लोकप्रियता दुवै दिलाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चलचित्र, गीत(संगीत र मोडलिङमा विशेष चासो बढ्नेछ। पढाइमा मन लागेर सफलता हात लाग्नेछ। व्यवसाय र आर्थिक क्षेत्र मजबुत हुनेछन्। राजनीति र समाजसेवामा समय लगानी गर्नेले पद प्राप्ति गर्नेछन्। प्रणय सम्बन्ध सुधारिनेछ भने पति–पत्नीबीच मायाको सम्बन्ध कसिलो हुनेछ। मिहिनेतको फल प्राप्त भएर नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। गोपनीयतामा ध्यान दिन आवश्यक छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या बढ्न सक्छ। कमजोरीले प्रतिस्पर्धामा पछि परिने सम्भावना छ। आफन्त र शुभचिन्तकलाई बेवास्ता गर्दा दुःख लाग्नेछ। न्यायिक काम नगर्दा दण्ड लाग्न सक्छ। कार्यक्षेत्रमा समय लाग्नेछ। आर्थिक प्रलोभनबाट सावधान रहनुहोला। सहयोगीहरू भेटिनेछन्। रोकिएका काम पूरा हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरपरिवार र समाजमा तारिफयोग्य कामले चर्चा बटुल्नेछ। पैतृक सम्पत्ति प्रयोग गरी आम्दानी बढ्नेछ। थोरै लगानीबाट व्यापारमा नाफा कमाउन सकिनेछ। पढाइमा कम समय दिए पनि नतिजा राम्रो आउनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। यात्रा र मनोरञ्जनका अवसर मिल्नेछन्। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। व्यवसायमा केही मन्दी आउन सक्ने भएकाले योजना पुनर्विचार गर्नुपर्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक क्रियाकलाप फस्टाएर मनग्गे आम्दानी हुनेछ। बुवाको धन प्रयोग गरी लाभ लिन सकिनेछ। शिक्षा र व्यवसायमा लगानीका अवसर मिल्नेछन्। दाजुभाइको सहयोगले सवारी साधन जोडिनेछ। अध्ययनमा सुधार हुँदै अग्रस्थानमा नाम आउनेछ। नयाँ काम थालनी गर्न उपयुक्त समय छ। मिहिनेतले राम्रो नतिजा दिनेछ। थोरै लगानीबाट व्यापारमा नाफा हुनेछ।