पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर आजदेखि बिक्रीमा

पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर आजदेखि बिक्रीमा

आइतवार, असार २२ २०८२
आइतवार, असार २२ २०८२
  • images
    images
    पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर आजदेखि बिक्रीमा
    images
    images

    काठमाडौँ / पिपुल्स पावर लिमिटेडले आजदेखि ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ बराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा १०० रुपैयाँ अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो ।

    कम्पनीले आफ्नो ऋण भुक्तानीका लागि हकप्रद बिक्री खोलेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  

    गत असार २ गते एक दिनका लागि कम्पनीले हकप्रद सेयर विक्री प्रयोजनाका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार १ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीगञ्ज, पोखरा, बुटवल,सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस हकप्रदका लागि आवेदन दिने अन्तिम मिति साउन ११ गते निर्धारण गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com