विकाश हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आइतवार, असार २२ २०८२
आइतवार, असार २२ २०८२
  • images
    images
    विकाश हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    images
    images
    विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
    कम्पनीले सर्वसाधारणका लागि असार १८ गते देखि २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण शेयर  निष्कासन गर्न वैशाख १५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
     
    कम्पनीले यस अघि नै वैदेशीक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्र र अति प्रभावित क्षेत्रका बासीन्दाहरुलाई शेयर निष्कासन गरिसकेको छ । जस अनुरुप नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ५४ हजार ५५० कित्ता शेयर गत जेठ ६ गतेदेखि २० गतेसम्म जारी गरिएको थियो ।  
     
    त्यसैगरी, आयोजनाबाट अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न.४ र ५ मा स्थायी बसोवास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न. १,२,३, ६ र ७ मा स्थायी बसोवास गर्ने स्थानियका लागि ५ लाख ४५ हजार ४६१ कित्ता शेयर जारी गरिएको थियो ।
     
    सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
     
    छिटोमा असार २२ गते  र ढिलोमा असार ३२ गते आईपीओ निष्कासन बन्द हुने बताइएको भएपनि पहिलो चरणमै ओभरसब्सक्राइब्ड भइसकेको हुनाले आज बेलुका ५ बजे सम्म मात्रै आईपीओ खरिदका लागि आवेदन दिन सकिनेछ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com