आज मिति वि.सं. २०८२ साल आषाढ १८ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ जुलाई २ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, सप्तमी तिथी, दिउँसो १ः२९ बजेपछि अष्टमी, उत्तरफाल्गुनी नक्षत्र, आनन्दादिमा–प्रवद्र्ध योग, चन्द्रराशि–कन्या ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आर्थिक तथा व्यवसायिक निर्णयमा सतर्कता आवश्यक देखिन्छ। लगानीको अवसर टर्न सक्ने, रकम नआउने र दुविधा बढ्ने सङ्केत छन्। प्रतियोगी परीक्षामा सफलता मिल्न सक्छ तर न्यायिक निर्णय विपरित हुनसक्ने सम्भावना छ। प्रेम र पारिवारिक पक्षमा उतारचढाव रहन सक्छ। गोप्यता राखेर योजनाबद्ध रूपमा अगाडि बढ्नु बुद्धिमानी हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन व्यापार, शेयर बजार र विलासी वस्तुमा लगानीबाट आम्दानी वृद्धि हुने सम्भावना छ। वैदेशिक यात्रा र पद प्राप्तिको अवसर पनि देखिन्छ। सन्तानको सहयोग र बुद्धिको उपयोगले आर्थिक फाइदा मिल्नेछ। यद्यपि केही कार्यमा ढिलाइ र लक्ष्यमा बाधा आउन सक्छ। गुरुजनको सुझावले पढाइ र व्यापारमा लाभ मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरजग्गा, सवारी, कृषि, पशुपालन र शेयर बजारबाट आम्दानी बढ्ने संकेत छ। सहयोगी र जीवनसाथीको साथले कार्यसफलता मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाइनेछ भने उद्योग र व्यापारमा मिहिनेतले विशेष फाइदा दिलाउनेछ। पारिवारिक निर्णयमा भूमिका बढ्नेछ, तर लेनदेनमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा भावनामा बहिएर निर्णय नगर्नुहोला, नाफा कम हुन सक्छ। मिहिनेत गर्दा अड्केका काम बन्नेछन् भने उद्योग र व्यापारमा स्थायी फाइदा मिल्नेछ। आत्मबल र सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। बाधा र प्रतिस्पर्धाबीच पनि अवसर भेटिनेछ। तर लेनदेन, यात्रा र विवादमा सावधानी अपनाउनु अत्यावश्यक छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसाय, शेयर बजार र कृषि क्षेत्रमा लगानी फस्टाउँदै आम्दानी वृद्धि हुनेछ। उठ्नुपर्ने रकम हात लाग्नेछ। श्रम अनुसार सुखद नतिजा मिल्नेछ भने बुद्धिको प्रयोगले दीगो फाइदाको काम प्रारम्भ हुनेछ। सामूहिक कार्य र साथीभाइको सहयोगबाट लाभ मिल्नेछ। अध्ययन तथा बौद्धिक क्षेत्रमा प्रगति भई सम्मान प्राप्त हुनेछ। समय लगानीयोग्य छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रविधिको प्रयोग र लगनशीलताले व्यापार र रचनात्मक क्षेत्रमा फाइदा हुनेछ। नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुनेछ भने पुराना समस्याहरू समाधान गर्दै भविष्यको लागि जग बसाउन सकिनेछ। विलासी वस्तुको प्रयोगले प्रभाव बढ्नेछ। अध्ययन तथा बुद्धिमत्ताको विकासले बौद्धिक र आर्थिक उन्नति हुनेछ। व्यापारमा फाइदा र प्रतिष्ठा कमाउने समय हो।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विदेशी सामान र स्वास्थ्य सामग्रीको व्यापारमा वृद्धि हुने सम्भावना छ। पुँजी बजारमा लगानीबाट आम्दानी बढ्न सक्छ। राजनीतिक समर्थन र नयाँ योजनाहरूले व्यवसायलाई प्रोत्साहन मिल्नेछ। यात्रा र सवारीमा सावधानी आवश्यक छ। काम खर्चिलो हुनसक्छ तर दोहोर्याइएको प्रयासले अवरोध हट्नेछ। आवश्यक परे कर्जाबाट पुँजी जुटाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बौद्धिकताको प्रयोगले सफलताको मार्ग खोल्नेछ। सानो लगानी र शेयर बजारबाट मनग्गे आम्दानी हुने सम्भावना छ। कृषि, पशुपालन र व्यापारमा फाइदा मिल्नेछ। उठ्नुपर्ने रकम हात लाग्नेछ। मिहिनेतले दिगो सफलता दिलाउनेछ। धनको सही उपयोग गरी लाभ उठाउन सकिनेछ, तर आम्दानी वचतमा केही समस्या आउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइ र प्राविधिक शिक्षामा सफलता मिल्नेछ। कृषि र पशुपालन व्यवसाय फस्टाउनेछ भने अग्रजहरूको सम्पत्ति उपयोग गरेर व्यवसाय वृद्धि सम्भव छ। राजनीति र समाजसेवामा समर्थन प्राप्त हुनेछ। बुद्धिको प्रयोगले जटिल कार्य सफल हुनेछन्। विवाद र चुनौती आए पनि लगनशीलताले दीगो उपलब्धि दिलाउनेछ। दोहोर्याएर प्रयास गर्दा फाइदा मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज शेयर बजार र वित्तीय क्षेत्रमा लगानीले मनग्गे आम्दानी दिलाउनेछ। मौसम अनुसारको व्यापार र सामाजिक कामबाट पनि लाभ मिल्नेछ। नयाँ रोजगारी वा स्थानान्तरणको सम्भावना छ। अध्ययनमा रुचि बढ्ने र परिवारसँग रमाइलो समय बित्नेछ। अस्वस्थताले बाधा पुर्याउन सक्दा पनि शुभचिन्तक र जीवनसाथीको सहयोग मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्त र अग्रजहरूको सहयोगले व्यापार, शेयर बजार र व्यवसायमा लगानी बढेर आम्दानी आउनेछ। जीवनसाथीको साथले हौसला मिल्नेछ। सामाजिक सेवा अवसरले मान–प्रतिष्ठा बढाउनेछ। तर स्वास्थ्यमा समस्या र खर्चिलो अवस्था रहन सक्छ। काममा दोहोर्याएर प्रयास गर्नुपर्ने हुनाले उपलब्धि समय लाग्नेछ। शुभचिन्तकहरूको साथले काम सफल हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तार्किक क्षमताले व्यापार र वित्तीय क्षेत्रमा सफलता दिलाउनेछ। शेयर बजार र साझेदारी व्यापार फस्टाउनेछ। यात्राको अवसरसँगै आम्दानी बढ्नेछ। पढाइमा उत्कृष्टता हासिल हुनेछ। माया–प्रेम र सामाजिक सम्बन्ध बलियो हुनेछन्। नयाँ काम थाल्न सकिने समय छ, खर्च लागे पनि दीगो लाभको सम्भावना छ। परिवारको साथले चुनौती सहज हुनेछ।