मनसुनी वायुको प्रभाव : कुन कुन प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित बर्षा ?

मनसुनी वायुको प्रभाव : कुन कुन प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित बर्षा ?

बुधवार, असार १८ २०८२
बुधवार, असार १८ २०८२
  • मनसुनी वायुको प्रभाव : कुन कुन प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित बर्षा ?

    काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागलगायत बाँकी प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । 

    images
    images

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    देशभरका अधिकांश प्रदेशमा आज दिउँसो र राति मौसम बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशहरूमा हिमाल, पहाड र तराई सबै क्षेत्रमा हल्कादेखि भारी वर्षा र मेघगर्जन र चट्याङ्गको सम्भावना छ।

    मधेश प्रदेशमा मुख्यतः तराई क्षेत्रमा केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। कर्णाली प्रदेशमा हिमाली तथा पहाडी क्षेत्रमा थोरै वा केही स्थानमा वर्षाको पूर्वानुमान गरिएको छ। आज देशका अधिकांश प्रदेशमा दिनभर र राति मौसम बदली रहनेछ।

    त्यसैगरी भोलि बिहीबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशहरूमा हिमाल, पहाड र तराईका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा भारी वर्षाको सम्भावना रहेको छ।

    मधेश प्रदेशको तराई क्षेत्रमा दिउँसो केही स्थानमा र राति धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेशमा पनि हिमाली तथा पहाडी क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ।

    देशभर मौसम बदली रहनेछ र धेरै स्थानमा वर्षा हुने भएकाले नदीको सतह बढ्न सक्छ, चट्याङ्ग र बाढीको जोखिम पनि रहन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय