‘निर्भाना’ सिरिजको साथमा प्रिमियम अडियो अनुभव, अब boAt अग्रणी अडियो वेयरेबल ब्रान्ड नेपाली बजारमा

‘निर्भाना’ सिरिजको साथमा प्रिमियम अडियो अनुभव, अब boAt अग्रणी अडियो वेयरेबल ब्रान्ड नेपाली बजारमा

मंगलवार, असार १७ २०८२
मंगलवार, असार १७ २०८२
  • images
    images
    ‘निर्भाना’ सिरिजको साथमा  प्रिमियम अडियो अनुभव, अब boAt अग्रणी अडियो वेयरेबल ब्रान्ड नेपाली बजारमा
    images
    images

    काठमाडौँ / भारतको नम्बर १ अडियो वेयरेबल बान्ड boAt ले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ । यो बान्डको अन्तर्राष्टिय यात्रामा एक महत्त्वपर्ण उपलब्धिको सङ्केत भएको बताइएको छ । 

    यद्यपि boAt ले नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको छ, अब यसले अत्यधिक प्रशंसित ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक मार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको छ । 

    उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) यक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम 'निर्माता' सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।

    दयब्त ले अडियो वेयरेबल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ र नेपाल प्रवेश गरेको केही वर्षमै यो वर्गका शीर्ष तीन ब्रान्डमध्ये एकको रूपमा स्थापित भइसकेको छ, जसले नेपाली उपभोक्तामाझ यसको गहिरो रुचि र विश्वासलाई प्रमाणित गर्दछ । बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रालि (रमेश कर्ष अन्तर्गतको संस्था)ले वितरण गर्दै आएको छ। 

    boAt छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल भएको छ, जसले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र सुलभ मूल्यको संयोजन प्रस्तुत गर्दछ । 

    टेलिटकले नेपालमा दूरसञ्चार र उपभोक्ता इलेक्ट्रोनिक्सको दुत रूपान्तरण भइरहेको परिवेशमा काम गर्दै आएको छ। बलियो वितरण सञ्जाल र विश्वव्यापी साझेदारीको माध्यमबाट कम्पनीले नेपाली उपभोक्तालाई नवप्रवर्तनयुक्त प्रविधि उत्पादन प्रदान गरिरहेको छ ।

    दयब्त का सह-संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भने, “नेपाल सधैँ हाम्रो लागि विशेष स्थान रहँदै आएको छ, र हामी यस जीवन्त र विकासोन्मुख बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित छौ । नेपाली उपभोक्ताबाट पाएको प्रतिक्रिया अत्यन्त उत्साहजनक छ, र हामी हाम्रो ब्रान्डमा राखिएको विश्वासप्रति आभारी छौं। हाम्रो प्रिमियम 'निर्भाना' सिरिजको सुरुवातसंगै हामी आजको जीवनशैली अनुसारको आवश्यकतालाई सम्बोधन गर्ने उच्च गुणस्तरीय र डिजाइनमुखी अडियो अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँछौँ ।” 

    टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले भने, “यस औपचारिक घोषणासँगै, boAt ले नेपालमा आफ्नो प्रतिबद्धता दोब्बर बनाउने तयारी गरेको छ जसअनुसार ब्रान्डले थप जीवनशैली-केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउनेछ र आफ्नो तिव्र रूपमा वृद्धि भइरहेको फ्यानबेससँगको सम्बन्धलाई अझ गहिरो बनाउनेछ ।”

    भारतमा बोटको चमत्कारी विस्तारलाई नेपालमा पनि समान रूपमा प्रतिबिम्बित गरिएको छ। नवप्रवर्तन, डिजाइन र सामुदायिक सलग्नताप्रति दयबत को निरन्तर प्रतिबद्धताले यसको क्षेत्रीय र विश्वव्यापी विस्तारलाई निरन्तर गति दिइरहेको छ ।

    भारतमा दर्ता गरिएको इम्याजिन मार्केटिङ लिमिटेड (आईएमएल) ले boAt ब्रान्ड अन्तर्गत अडियो, वेयरेबल्स र चार्जिङ समाधानहरू सहितको उत्पादन पोर्टफोलियो प्रदान गर्दछ । 

    इम्याजिनको छातामुनि स्थापना गरिएको दयब्त ले अडियो उद्योगमा कान्ति ल्याउँदै, सन् २०२४ को क्यालेन्डर वर्षमा मूल्य र परिमाण दुवैमा भारतको व्यक्तिगत अडियो ब्रान्डहरूको सूचीमा नम्बर १ स्थान हासिल गरेको छ (स्रोत- रेडसियर रिपोर्ट) ।

    boAtको पोर्टफोलियोमा जीवनशैली-अनुकुल, प्रविधि-सक्षम र राम्रो डिजाइन भएका उत्पादनहरू समावेश छन् जुन युवा तथा डिजिटल रूपमा सक्षम उपभोक्तालाई लक्षित गरिएको छ। आईएमएलले क्वालकॉम पावर्ड उत्पादनहरू र डल्बी-इनेबल्ड अडियो विशेषताहरू मार्फत नवप्रवर्तन गर्दै आएको छ ।

    कम्पनीमा साउथ लेक इन्भेस्टमेन्ट लिमिटेड (वारबर्ग पिन्कस समूहको सहायक संस्था), क्वालकॉम भेन्चर्स एलएलसी र फायरसाइड भेन्चर्स इन्भेस्टमेन्ट फण्ड १ (फायरसाइड इन्भेस्टमेन्ट ट्रस्ट अन्तर्गतको स्किम) को लगानी रहेको छ । कम्पनीका कार्यालयहरू हाल दिल्ली, मुम्बई र बेंगलुरुमा अवस्थित छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com