विपद्को समयमा निजी हेलिकप्टरको निःशुल्क प्रयोग गरिने, प्राधिकरणसँग भयो समझदारी

विपद्को समयमा निजी हेलिकप्टरको निःशुल्क प्रयोग गरिने, प्राधिकरणसँग भयो समझदारी

मंगलवार, असार १७ २०८२
मंगलवार, असार १७ २०८२
  • images
    images
    विपद्को समयमा निजी हेलिकप्टरको निःशुल्क प्रयोग गरिने, प्राधिकरणसँग भयो समझदारी
    images
    images

    काठमाडौँ / विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि नीजि हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

    मङ्गलबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त, समझदारी पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षरपछि गृहमन्त्री रमेश लेखकले सम्झौताअनुसार काठमाडौँ उपत्यकाभित्र जोखिम उत्पन्न हुँदा नागरिकको उद्दार गर्न वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निशुल्क उद्दार गर्ने जानकारी दिए । 

    त्यस्तै, उनका अनुसार काठमाडौँ उपत्यका बाहिरको उद्धारमा नेपाली सेनाको हेलिकप्टर अपर्याप्त भएको अवस्थामा सरकारले संघबाट उपत्यका बाहिर पनि सेवा लिनुपर्ने र अपरेशन शुल्क मात्र लिएर उद्दार गरिने पनि सम्झौतापत्रमा उल्लेख छ । 

    उनले भने, “काठमाडौँ उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भयो र नागरिकको उद्दार गर्नुपर्ने भयो भने वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्दार गर्ने कुरा जुन गर्नुभएको छ । यो अत्यन्त महत्त्वपूर्ण काम भएको छ । देशको सबैभन्दा धेरै जनसंख्या काठमाडौँमा नै छ । काठमाडौँ उपत्यका बाहिरको उद्दारमा नेपाली सेनाको हेलिकप्टर कहिलेकाँही अपर्याप्त हुन सक्छ । त्यस्तोबेला सरकारले उपत्यका बाहिर पनि सेवा लिनपर्ने अवस्था हुन्छ । त्यसलाई पनि संघले अपरेशन शुल्क मात्र लिएर उद्दार गरिने भन्नुभएको छ ।” 

    उनले अहिले मनसुनको प्रारम्भ चरणमा भएको र मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने अवस्थामा सो सम्झौताले महत्त्वपूर्ण सहयोग पुग्ने बताए  । विगतको अनुभव हेर्दा धेरै ठूलो क्षतिबाट नागरिकको र सम्पत्तिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्ने अवस्था रहेको उनको भनाई छ । 

    उनले भने, “यो हस्ताक्षरसँगै हामीले एउटा राम्रो कामको थालनी गरेको छौँ । हामीले विपद्को अत्यन्तै जोखिम भएको भूगोलमा छौँ । अहिले त्यसैपनि मनसुनको प्रारम्भ चरणमा छौँ । मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको छ । विगतको अनुभवले पनि के देखाएको छ भने धेरै ठूलो क्षतिबाट नागरिकको सम्पत्तिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com