काठमाडौँ / नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन् । प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो)विधेयक, २०८२’ बहुमतले पारित भएपछि मङ्गलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन् ।
गृहमन्त्रीसँगको भेटपछि थापाले सामाजिक सञ्जालमा लेखेकी छिन्, “सन्तानलाई आमाले जन्मदिनु हुन्छ, आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जादाखेरी बाबुको खोजी हुन्छ ! तर आमाको नामबाट नागरितका पाउने स्थिति बनेन । अब यस्तो परिस्थितिको अन्त्य भएको छ । नेपाल सरकार एवम गृहमन्त्रीलाई यो साहसिक कदमका लागि धेरै धेरै बधाई । तमाम नगरिकताविहीन नेपाली नागरिकलाई धेरै बधाई । महिलालाई अधिकारका क्षेत्रमा यो सुनौलो काम भएको छ ।”
गृहमन्त्री लेखकले गत शनिबार उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पेस गर्दै लेखकले नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्थालाई विधेयकमा प्रत्याभूति गरिएको प्रतिक्रिया दिएका थिए ।