साङ्ग्रिला इन्टरनेशनल फ्रेट र उपायबीच ढुवानी सेवाका लागि साझेदारी, अन्तर्राष्ट्रियस्तरको सेवा नेपालमै

साङ्ग्रिला इन्टरनेशनल फ्रेट र उपायबीच ढुवानी सेवाका लागि साझेदारी, अन्तर्राष्ट्रियस्तरको सेवा नेपालमै

सोमवार, असार १६ २०८२
सोमवार, असार १६ २०८२
  • images
    images
    साङ्ग्रिला इन्टरनेशनल फ्रेट र उपायबीच ढुवानी सेवाका लागि साझेदारी, अन्तर्राष्ट्रियस्तरको सेवा नेपालमै
    images
    images

    काठमाडौं /  साङ्ग्रिला इन्टरनेशनल फ्रेट प्रा.लि. (SIFL) र उपाय सिटी कार्गो प्रा.लि. (Upaya CTC) बीच नेपालको ढुवानी सेवा क्षेत्रलाई अझ प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

    काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा दुई कम्पनीबीच समझदारीपत्र (MoU)मा हस्ताक्षर गरिएको हो। SIFL विश्वविख्यात डेनमार्कस्थित लजिस्टिक्स कम्पनी DSV को नेपालस्थित एकमात्र आधिकारिक एजेन्ट हो भने उपाय CTC नेपालकै अग्रणी प्रविधिमैत्री ढुवानी सेवा प्रदायक कम्पनी हो।

    सम्झौताअनुसार नेपालभित्रका सबै प्रकारका ढुवानी, डेलिभरी तथा वेयरहाउस व्यवस्थापनको जिम्मेवारी उपायले लिनेछ। त्यस्तै, अन्तर्राष्ट्रिय फ्रेट फरवार्डिङ, भन्सार समन्वय र विश्वव्यापी ढुवानी व्यवस्थापनको जिम्मा SIFL ले सम्हाल्नेछ।

    SIFL का अध्यक्ष कुमार दाहालले भने, “यो साझेदारीले हाम्रो सेवा क्षमतालाई अझ सशक्त बनाउनेछ। उपायसँगको सहकार्यले व्यवसायहरूलाई छिटो, भरपर्दो र एकीकृत सेवा दिन मद्दत पुर्‍याउनेछ।”

    उपायका सह-संस्थापक तथा प्रबन्ध निर्देशक सुमन रायमाझीले भने, “SIFL को आधिकारिक ढुवानी साझेदार बन्न पाउनु हाम्रो लागि गर्वको कुरा हो। यसले अन्तर्राष्ट्रिय डेलिभरी आवश्यक भएका ग्राहकहरूलाई थप प्रभावकारी सेवा दिनेछ।”

    कम्पनी परिचय:
    SIFL (Sangrila International Freight Pvt. Ltd.):
    SIFL काठमाडौंमा आधारित अन्तर्राष्ट्रिय ढुवानी सेवा प्रदायक हो, जसले हवाई, समुद्री, स्थलमार्ग, भन्सार क्लियरन्स र एक्सप्रेस कुरियर सेवा प्रदान गर्दै आएको छ। यसले DSV सँगको साझेदारीमार्फत विश्वभर प्रभावकारी सेवा विस्तार गरिरहेको छ।

    UPAYA CTC (Upaya City Cargo Pvt. Ltd.):
    Upaya एक प्रविधिनिर्भर ढुवानी प्लेटफर्म हो, जसले ग्राहकको माग अनुसार ढुवानी गाडी, वेयरहाउस सेवा, तथा डोर-टु-डोर सेवा प्रदान गर्दै आएको छ। यसले नेपालको ढुवानी प्रणालीलाई आधुनिक र डिजिटल बनाउने लक्ष्य लिएको छ।

    DSV:
    DSV डेनमार्कमा मुख्यालय रहेको, विश्वभर ९० भन्दा बढी देशहरूमा हवाई, समुद्री, सडक तथा गोदाम व्यवस्थापन सेवा प्रदान गर्ने अग्रणी ट्रान्सपोर्ट र लजिस्टिक्स कम्पनी हो।

    उक्त सम्झौतालाई नेपालको लजिस्टिक्स क्षेत्रमा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ, जसले गर्दा व्यवसायहरूलाई एकीकृत, द्रुत र गुणस्तरीय सेवा लिन सक्ने वातावरण तयार हुने विश्वास गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com