वाइवाईले जमाउन सकेन बजारमा प्रभाव, सिजी फुड्सको व्यापार निरन्तर ओरालोतर्फ

वाइवाईले जमाउन सकेन बजारमा प्रभाव, सिजी फुड्सको व्यापार निरन्तर ओरालोतर्फ

सोमवार, असार १६ २०८२
सोमवार, असार १६ २०८२
  • images
    images
    वाइवाईले जमाउन सकेन बजारमा प्रभाव, सिजी फुड्सको व्यापार निरन्तर ओरालोतर्फ
    images
    images

    काठमाडौँ / सिजी फुड्सको व्यापार निरन्तर ओरालोतर्फ रहेको पाइएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समूहको उत्पादन वाइवाइको व्यापारमा गिरावट आएसँगै सिजी फुड्सको व्यापार ओरालो लागेको हो ।

    इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । सीजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो ।

    यसअघि सन् २०२४ मा सिजी फुड्सको कुल व्यापार ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड रुपैयाँ कुल कारोबार गरेको थियो ।

    आर्थिक वर्ष २०२४ मा कम्पनीको आम्दानी ११ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा पनि वार्षिक आधारमा ६ प्रतिशत गिरावट देखिएको हो । यसको प्रमुख कारण चाउचाउ बिक्रीमा कमी र नयाँ उत्पादनको ठोस बजार विस्तार नहुनु कम्पनीले जनाएको छ ।

    पछिल्लो समय ‘कोरियन स्टाइल’ वा ‘स्पाइसी’ नुडल्सको लोकप्रियताले बजार पाउदा पारम्परिक ‘ब्राउन’ वाइवाईले प्रतिस्पर्धा गर्न नसकेको देखिएको रेटिङ रिपोर्टमा उल्लेख छ । बजारमा नयाँ ब्रान्डहरू तीव्र रूपमा उदाउँदै गर्दा वाइवाईले आफ्नो पुरानो मोडल परिवर्तन गर्न ढिलो ग-यो ।

    यद्यपि कम्पनीले नयाँ स्पाइसी उत्पादनहरू ल्याउने प्रयास थालेको पनि बजारमा खासै प्रभाव जमाउन छैन । आव २०२४ मा कम्पनीको सञ्चालन मुनाफा मार्जिन ९.९ प्रतिशत थियो भने चालू वर्षको पहिलो ९ महिनामा यो घटेर ६ प्रतिशतमा सीमित भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com