युवाहरू समस्या होइन, श्रम समाधान बनुन् : उपराष्ट्रपति

युवाहरू समस्या होइन, श्रम समाधान बनुन् : उपराष्ट्रपति

सोमवार, असार १६ २०८२
सोमवार, असार १६ २०८२
  • images
    images
    युवाहरू समस्या होइन, श्रम समाधान बनुन् : उपराष्ट्रपति
    images
    images

    काठमाडौँ /उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्यमशीलता राष्ट्र परिवर्तनको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै नेपाली युवालाई श्रम समाधानको हिस्सा बन्न आह्वान गरेका छन् ।

    सोमबार काठमाडौंमा आयोजित युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले उद्यमशीलता केवल आम्दानीको माध्यम नभई समाज र राष्ट्र परिवर्तन गर्ने शक्तिशाली ज्वाला भएको बताए ।

    उनले भने,‘उद्यमशील र उद्यम जहाँ एउटा आम्दानीको माध्यम मात्रै नभई समाज र राष्ट्रलाई परिवर्तन गर्ने शक्तिशाली ज्वाला पनि हो। उद्यम एक सोच हो, जहाँ जोखिमप्रतिको आँट, समस्याप्रतिको समाधान र प्रगतिप्रतिको समर्पण समेटिएको हुन्छ । पछिल्लो समय युवाहरु विश्व सन्र्दभमा नयाँ सम्भावनाहरुको प्रतिक बनेका छन् । हाम्रो चाहना छ नेपाली युवा अब समस्या मात्र नबनुन् श्रम समाधान पनि बनुन् ।’ 

    उनले प्रविधि र उद्यमशीलताको संयोजनमार्फत युवाहरूले विश्वका धारहरू परिवर्तन गरेका थुप्रै उदाहरण रहेको उल्लेख गर्दै उनले त्यसबाट नेपालका युवाहरूले प्रेरणा लिनुपर्ने धारणा राखे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com