विराटनगरमा कियाको सोरुम : असार १४ देखि १६ सम्म आकर्षक सुविधा पाइने ‘किया फ्लाश एक्सचेन्ज क्याम्प’

विराटनगरमा कियाको सोरुम : असार १४ देखि १६ सम्म आकर्षक सुविधा पाइने ‘किया फ्लाश एक्सचेन्ज क्याम्प’

शुक्रवार, असार १३ २०८२
शुक्रवार, असार १३ २०८२
  • images
    images
    विराटनगरमा कियाको सोरुम : असार १४ देखि १६ सम्म आकर्षक सुविधा पाइने ‘किया फ्लाश एक्सचेन्ज क्याम्प’
    images
    images

    नेपालका लागि विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’का अधिकृत बिक्रेता कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रालिले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ ‘किया सीआई २.०’ मापदण्ड अनुसार अपडेटेड सोरुम खोलेको हो । 

    कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबाट प्रमुख सदस्यहरू उपस्थित थिए, जसमा अटो डिवीजनका असिस्टेंट जेनेरल म्यानेजर मन्जीत कुमार पोखरेल, काठमाडौँ सोरुम गैरीधाराका सेल्स म्यानेजर विनय श्रेष्ठ, मार्केटिङ अफिसर निरात न्यौपाने र नयाँ विराटनगर सोरुमका सोरुम इन्चार्ज कुशल लामिछाने लगायतका व्यक्तिहरू उपस्थित थिए ।

    “नेपालको पूर्वी क्षेत्रमा कियाको उपस्थिति र पकड विस्तार बडाउन विराटनगरमा सोरुम पूर्ण–सञ्चालनमा ल्याउन आवश्यक परेको“, मन्जीत कुमार पोख्रेलले जनाएका हुन् ।

    कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रा.लि.को सञ्चालन अन्तर्गत यो नयाँ सोरुममा विश्वविख्यात दक्षिण कोरियाली अटो ब्रान्ड कियाका नेपालमा उपलब्ध सबै भेरियन्टका इन्धन र विद्युतीय सवारीसाधन उपलब्ध हुनेछन् ।

    सोरुम सुरु गरेको उपलक्ष्यमा कम्पनीले तीनदिने फ्ल्यास एक्सचेन्ज क्याम्प पनि आयोजना गर्न लागेको छ । असार १४ देखि १६ सम्म (जुन २८ देखि ३० सम्म) चल्ने ‘किया फ्लाश एक्सचेन्ज क्याम्प’मा जुनसुकै पुराना गाडीसँग कियाका नयाँ गाडी साट्न सकिनेछ । 

    सो अवसरमा एक्सचेन्जका लागि ल्याइने पुराना गाडीलाई आकर्षक मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर एक्सचेन्ज क्याम्प अवधिमा बुकिङ हुने सवारी साधनमा लागू हुनेछ ।

    क्याम्पमा कियाका गाडीहरूको टेस्ट ड्राइभ पनि गर्न पाइनेछ । सो अवसरमा कियाका नयाँ फेसलिफ्ट सेल्टोस, सोनेट र कारेन्सको २०२५ मोडलको टेस्ट ड्राइभ गर्न पाइनेछ । त्यसैगरी गाडी खरिदकर्तालाई सहज तरिकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ। कम्पनीले क्याम्पमा बिक्री हुने गाडीमा रोड ट्याक्स र एक वर्षको सम्पूर्ण बिमा आफैंले बेहोर्ने नीति लिएको छ ।

    विश्वभर ख्याति कमाएका दक्षिण कोरियाली ब्रान्ड कियाका सवारीसाधनहरू ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् । कियाका इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधनहरूले विश्वबजारमा ख्याति कमाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com