काठमाडौँ / नेपाली सेनाका सहायक रथी गौरव कुमार केसीलाई प्रधान सेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । असार ९ गते उपरथी दर्जामा पदोन्नति भएपछि आज प्रधान सेनापति सिग्देलले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
पदोन्नतिसँगै उपरथी केसीलाई पूर्वी पृतना हेड क्वाटरको पृतनापतिमा नियुक्त गरिएको छ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अन्य उच्चपदस्थ अधिकृतहरू तथा नवपदोन्नत रथीवृन्दका परिवारजनहरूको उपस्थिति रहेको थियो ।